१० श्रावण २०८१, बिहीबार

कोपोमिस सम्बन्धी अभिमुखीकरण



धनगढी । सहकारी तथा गरिबी व्यवस्थापन सुचना प्रणाली (कोपोमिस) सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम धनगढीमा भएको छ ।
भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागको आयोजनामा शुक्रबारदेखि अभिमुखीकरण कार्यक्रम भएको हो । कार्यक्रमको नेपाल सहकारी संघ कैलालीका अध्यक्ष विश्वप्रकाश पौडेलले उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष पौडेलले सहकारीले ल्याएको प्रविधि राम्रो भएको र यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
विभागका सूचना अधिकारी शशिकुमार लम्सालले सहकारी क्षेत्रको सुचना, तथ्यांकहरुलाई नियमित, विश्वसनिय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न कोपोमोस तयार गरिएको बताए ।
उनले सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरु अनुरुप सहकारी क्षेत्रको प्रवद्र्धन गर्दै यस क्षेत्रमा देखिएका चुनौतीहरु सामना गर्न र गरिवी निवारण कार्यलाई दक्ष र प्रभावकारीरुपले सञ्चालन गर्नका लागि सघाउ पुर्याउने बताए । उनले कोपोमिस वेबमा आधारित प्रणाली भएको र इन्टरनेट सुबिधा उपलब्ध हुने स्थानमा यो सुबिधा प्रयोग गर्न सकिने बताए ।
नेपालभरीका सहकारीलाई कोपोमोस प्रविधिमा ल्याउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनका अनुसार पाँच करोडभन्दा बढी कारोबार गरिरहेका सहकारीले एक वर्ष र पाँच करोडभन्दा तल कारोबार गरिरहेका सहकारीले तीन वर्षभित्र यो प्रविधिमा आइसक्नुपर्ने विभागले जनाएको छ ।
मन्त्रालयका शाखा अधिकृत प्रेमराज लुईटेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सन्देश जोशीले गरेका थिए । कार्यक्रममा जिल्लाका सहकारी सञ्चालक, पदाधिकारी, कर्मचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार