१२ श्रावण २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश सरकारको २८ अर्बको बजेट प्रस्तुत (पूर्णपाठ सहित)



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब रुपैयाँ बढीकोे बजेट प्रस्तुत गरेको छ । सु्दूरपश्चिम प्रदेश सभाको आइतबारको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाको बजेट प्रस्तुत गरे ।

प्रस्तुत बजेटमा पु“जीगततर्फ १३ अर्ब छ करोड ४६ लाख तथा चालूतर्फ १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार रुपैया विनियोजन गरिएको छ । त्यसैगरी अन्य शिर्षकमा दुई अर्ब १२ करोड रुपैया“ विनियोजन गरिएको छ । असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेका चालू आर्थिक वर्षका अधिकांश आयोजनाहरू आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जलविद्युत विकास बोर्ड गठन गर्ने चालू आर्थिक वर्षको बजेटमा समेत रहेकोमा अहिलेसम्म कार्यान्वयन हुन नसकेपछि आगामी आर्थिक वर्षका लागि तीन मेगावाट क्षमताका चारवटा जलविद्युत आयोजनाको विस्तृत अध्ययन गरी कम्तिमा एउटा आयोजना संचालन गर्ने लक्ष्य राखिएको छ । यसका लागि पांच करोड रुपैया विनियोजन गरिएको छ । सार्वजनिक निजी साझेदारीका आधारमा मझौला स्तरको जलविद्युत आयोजनालाई प्रदेश गौरबको आयोजनाको रुपमा विकास गर्न १० करोड रुपैया बजेट प्रस्ताव गरिएको छ ।

बजेटको सिद्धान्तमा कृषिलाई प्राथमिकतामा राखिने भनिए बमोजिम कृषिका लागि छुट्ट्याइएको बजेटमा शतप्रतिशत बृद्धि गरिएको छ । सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा नमुना कृषि गाउँ आफै बनाउँ अभियान सहितको मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंछी विकास कार्यक्रम सञ्चालन गर्न ४४ करोड रुपैया विनियोजन गरिएको छ ।
बजेट वक्तव्यमा स्वास्थ्यतर्फ सेती अञ्चल अस्पतालमा सिटीस्क्यान सेवा शुरु गर्न साढे आठ करोड रुपैया बजेट राखिएको छ भने महाकाली अञ्चल अस्पतालमा अक्सिजन प्लान्ट निर्माण र सघन उपचार कक्ष निर्माणका लागि साढे चार करोड रुपैया छुट्याइएको छ ।
त्यस्तै, शिक्षा तर्फ चालू आर्थिक वर्षका कार्यक्रमलाई निरनतरता दिइएको छ । भने युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न स्वरोजगार विकास कोषमा आगामी आर्थिक वर्षमा १० करोड रकम थप गर्ने घोषणा गरिएको छ ।
सबैले आलोचना गर्दै आएको प्रदेशका प्रत्यक्ष्ँ निर्वाचित सांसदहरुको मुख्य भूमिका रहने स्थानीय पूर्वाधार विकास कार्यक्रमको रकम बढाएर प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोड रुपैया खर्च गरिने व्यवस्था गरिएको छ ।


यस कार्याक्रमका लागि सत्तापक्षीय सासंदहरूले पांच करोड रुपैया बजेट माग गर्दै आर्थिक मामिला मन्त्रीलाई दवाव दिएको बताइन्छ ।
बजेट प्रस्तुतपछि प्रदेश सभा परिसरमा प्रतिक्रिया दिदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डाक्टर रणबहादुर रावलले बजेट फेरी पनि वितरणमुखी रहेको बताए । उनले यस बजेटले पनि आर्थिक समृद्धिको क्षेत्रमा खासै परिणाम दिन नसक्ने बताए ।
तर, आर्थिक मामिला तथा योजना मन्त्री बोहराले बजेट बारे अध्ययन नै नगरीकन सतही रुपमा टिप्पणी गरिएको बताए । मन्त्री बोहराले आन्तरिक आयको अवस्था कमजोर रहेकाले आगामी आर्थिक वर्षका ८८ करोड रुपैया राजश्वको अनुमान गरिएको बताए । उनले यथार्थपरक ढंगले बजेट बिनियोजन गरिएको र बजेट शतप्रतशत कार्यान्वयन हुने गरी ल्याएको बताए ।

आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्य

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार