३ जेष्ठ २०८१, बिहीबार

सुत्केरी मृत्यु घटना: आफन्तद्वारा विरोध प्रदर्शन जारी



ललित बोहरा/डडेल्धुरा । “चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको” आरोप लगाउँदै मृतकका आफन्तले शनिबार डडेल्धुरा सदरमुकाममा प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनका कारण चार जिल्लाको यातायात समेत अवरुद्ध भएको छ ।

अमरगढी नगरपालिका वडा नम्बर ६, का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरीको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन जारी राखेका छन् । गीता सुत्केरी भएको १४ दिनमा रक्तस्राव नरोकिएपछि शुक्रबार डडेल्धुरा अस्पताल ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो । नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
उनको मृत्युपछि आफन्तले “चिकित्सकले उपचारमा लापरबाही गर्दा सुत्केरीको मृत्यु भएको आरोप लगाउ“दै” शुक्रबार सा“झ अस्पतालमा तोडफोडसमेत गरेका थिए ।
शनिबार मृतकका आफन्तले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन गरे । उनीहरूले जिल्ला सदरमुकाम तुफानडा“डा चोक हु“दै जिल्ला प्रशासन कार्यालय खलंगामा प्रदर्शन गरे ।

चार जिल्लाको यातायात बन्द

मृतकका आफन्तले विरोध प्रदर्शनका क्रममा सडकमा टायर बालेर यातायात समेत ठप्प पारेका छन् । सडक अवरुद्ध हु“दा डडेल्धुरा भएर बैतडी, बझाङ, दार्चुला तथा पहाडबाट तराई जाने सवारी साधन बाटैमा रोकिएका छन् ।
घटना के थियो ?
जेठ १७ अमरगढी वडा नम्बर ६, छचोडागाउ“की गीतालाई प्रसव पीडा भएपछि घरबाट सात किलोमिटर दूरीमा रहेको डडेल्धुरा अस्पताल ल्याइयो । सामान्य अवस्थामा बच्चा जन्मिन नसक्ने अवस्था देखिएपछि चिकित्सकले जा“च गर्दा गर्भमा रहेको शिशुको टाउको र आमाको पेल्भिसको अनुपात नमिलेको यकिन भएपछि स्त्री तथा प्रसूती रोग चिकित्सक डाक्टर नवराज जैशीले शल्यक्रियाबाट बच्चा निकाले । उनलाई पा“च दिन अस्पताल राखेर २४ गते डिस्चार्ज गरियो ।
गीतालाई फलोअप स्वास्थ्य जा“चका लागि गत बिहीबार अस्पताल ल्याइयो । उनले केही मात्रामा रक्तस्राव भइरहेको चिकित्सकलाई बताइन् । चिकित्सकले उनको भिडियो एक्सरे गरे । शल्यक्रिया गरिएको ठाउ“को घाउ नसुकेकाले भिडियो एक्सरेमा सामान्य रगत देखियो । ‘भिडियो एक्सरेमा थोरै मात्र रगत देखिएको थियो, अप्रेसन गरेको थोरै समय भएकाले अवस्था सामान्य भइसकेको थिएन’ डाक्टर जितेन्द्र क“डेलले भने ।
भिडियो एक्सरेपछि गीता घर फर्किइन् । घरमा दिउँसो २ बजेतिर उनको योनीबाट रगत बग्यो र केही समयपछि रोकियो । अर्कोदिन शुक्रबार बिहान ९ बजे उनलाई अस्पताल ल्याइयो । अस्पताल ल्याउ“दा गीताको अत्यधिक रक्तश्राव भइरहेको थियो ।
डाक्टर क“डेलका अनुसार अस्पतालमा पुग्दा गीताको स्वास्थ्य अवस्था जटिल भइसकेको थियो । ‘बिहान ९ बजे अस्पताल आउ“दा उहा“को योनीबाट रक्तश्राव भइरहेको थियो, रक्तचाप नाप्न सकिने अवस्था थिएन’ डाक्टर क“डेलले भने– उनको स्वास्थ्य स्थिति जटिल बनेकाले १० बजेबाट उपचार सुरु ग¥यौं । स्लाइन दियौं । १० पिन्ट रगत दियौं । तर, रक्तश्राव रोकिएन । हामीले प्रयास जारी राख्यौं ।
डाक्टर क“डेलले बिरामीलाई बचाउने हरसम्भव प्रयास गरेको बताए । तर, जति प्रयास गर्दा पनि अवस्था सामान्य नभएपछि एयर लिफ्टिङ गरेर भए पनि अन्यत्र लैजाने प्रयास गरेको उनले बताए । डाक्टर क“डेलले भने– सडक बाटो भएर बिरामीलाई धनगढी पु¥याउन सकिने अवस्था थिएन । हेलिकोप्टरमार्फत बाहिर लैजाने प्रयास गरियो । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयसँग पनि समन्वय गरियो । तर, मन्त्रालयले हेलिकोप्टर पठाउन नसक्ने जानकारी गरायो ।
बाहिर लैजाने प्रयास नभएपछि डाक्टर क“डेल सहितको टोलीले रक्तश्राव रोक्न पुनः पाठेघरको शल्यक्रियाको प्रयास ग¥यो । उनका श्रीमान धर्मराजले पुनः शल्यक्रियाका लागि लिखित सहमति दिए ।
डाक्टर क“डेलले शल्यक्रियाका क्रममा रगत जम्ने प्रक्रिया सुरु भएको र सा“झ सवा पा“च बजेतिर उनको मुटुको चाल रोकिएको बताए ।
चिकित्सकले उनका आफन्तलाई उनको मृत्यु भएको जानकारी गराएपछि उनका आफन्तहरू लगत्तै तोडफोड र प्रदर्शनमा उत्रिए । शुक्रबार सा“झको तोडफोडबाट अस्पतालमा सामान्य क्षति भएको छ ।
गीताका श्रीमान् धर्मराज स्वयं स्वास्थ्यकर्मी हुन् । उनी अछामको एक स्वास्थ्यचौकीको इन्चार्ज रहेको स्थानीय भरत कैनीले बताए । गीताले यसअघि समान्य अवस्थामा जुम्ल्याहा छोरा, छोरी जन्माएकी थिइन् ।

यसैबीच, शुक्रबार राती जिल्ला प्रहरी कार्यालयले दुवै पक्षबीचको सहभागितामा सहमति भएको जानकारी दिएको छ ।
‘घटनाको अनुसन्धान गरी छानबिन गर्नका लागि स्वास्थ्य मन्त्रालयमा लेखेर पठाउ“छौं’ प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले भने– यदि डाक्टर दोषी देखिएमा कारबाही गर्ने र पीडित पक्षलाई राहतको लागि प्रदेशमा लेखेर पठाउने सहमति भएको छ ।
त्यस्तै, अमरगढी नगरपालिकाले राहतको लागि छलफल गर्नेसमेत सहमति भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार