१० श्रावण २०८१, बिहीबार

विकास ठिक मार्गमा : सर्वेक्षण



धनगढी । नेपालको समग्र विकासको दिशा ठिक मार्गमा अघि बढिरहेको एक सर्वेक्षणले देखाएको छ ।


काठमाडौं विश्वविद्यालयले देशका ५३ नगरपालिका र चार सय १८ गाउ“पालिकाका पाँच सय ८८ वडालाई समेटेर सात हजार पाँच सय छ जना उत्तरदाताहरूलाई नमुना छनौट विधीका आधारमा चयन गरी २०७५ असोज र कार्तिक महिनामा गरेको सर्बेक्षणको नतिजाले नेपाल विकासको सही मार्गमा अघि बढिरहेको दाबी गरेको छ ।
सो अध्ययन अनुसार ५१ दशमलव पा“च प्रतिशत उत्तरदाताले मुलुक विकासको ठिक दिशातर्फ अघि बढीरहेको ठानेका छन् ।
त्यस्तै, ३९ दशमलब चार प्रतिशतले नेपालको विकास गलत बाटोमा अघि बढिरहेको धारणा राखेका छन्भ ने नौ दशमलव एक प्रतिशत उत्तरदाताले यसबारे आफू अनभिज्ञ रहेको बताएका छन् ।
नेवाल विकासको सहि मार्गमा अघि बढिरहेको छ भन्ने बढी उत्तरदाता कर्णाली प्रदेशका रहेका छन् भने प्रदेश नम्बर ३ का अधिकांस उत्तरदाताले मुलुकको विकासको मार्ग गलत रहेको बताएका छन् ।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर नन्दलाल पाण्डेले सर्वेक्षण नतिजा प्रतिवेदन पेश गर्दै नेपालको विकासको मार्गबारे समग्रमा शहरमा बस्ने र शिक्षित जनता बढी निराश देखिएका र गाउ“मा बस्ने तथा विपन्न तथा कम शिक्षित वर्ग विकासको गतिप्रति आशावादी देखिएको बताए ।
उनले भने– राम्रो बाटोघाटो या सडक, समग्रमा भइरहेको देशको प्रगति र स्थानीय सरकारको गठनलाई लिएर उत्तरदाताहरूले आफू बढी आशावादी भएको कुरालाई महत्वपूर्ण कारणका रुपमा औल्याएका छन् ।
प्रदेशको वर्तमान संरचनाप्रति सुदूरपश्चिमको झण्डै आधा जनसंख्या असन्तुष्ट रहेको सो सर्वेक्षणले देखाएको छ । सुदूपश्चिमका ४० प्रतिशत नागरिकहरू वर्तमान शासन व्यवस्थासंग असन्तुष्ट रहेको सर्वेक्षणले औल्याएको छ ।
त्यस्तै, देशभरीका आधा भन्दा बढी नागरिकले देशको वर्तमान अवस्था प्रति असन्तुष्टी जनाएका छन् । सुदूपश्चिमको हकमा नागरिकहरू स्थानीय भन्दा प्रदेश सरकारसंग बढी असन्तुष्ट रहेको पाइएको काठ्माण्डौं विश्वविद्यालयका प्राध्यापक तथा सामाजिक सुरक्षा र शासन विज्ञ डाक्टर चन्द्रलाल पाण्डेयले बताए ।
यस प्रदेशका नागरिकहरू मूख्य त वेरोजगारी तथा जिविकोपार्जन, मूल्यवृद्धि र अस्वभाविक रुपमका बढेको करका कारण निरास भएको पनि जनाइएको छ ।
सार्वजनिकीकरणमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास संगसंगै त्यसको स्तरोन्नती र निरन्तरता हुन नसकेकाले जनतामा वितृष्ण पैदा भएको बताए ।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा विकास संगसंगै त्यसको स्तरोन्नती र निरन्तरता हुन नसकेकाले जनतामा वितृष्ण पैदा भएको बताए ।
डडेल्धराबाट निर्वाचित प्रदेश सभा सदस्य कर्ण मल्लले तथ्यांकमा मात्रै नभएर वास्तवमै अहिले जनतामा निराशाहरू पैदा हुन थालेको बताए ।
डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य भरतबहादुर खड्काले प्रदेश र जनताको समृद्धिका लागि राजनीतिक सहिष्णुता कायम हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार