१० श्रावण २०८१, बिहीबार

प्रदेशमा प्रदेशस्तरिय पर्यटन प्रवद्र्धन समिति गठन



धनगढी । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरिय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ ।


प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट संरक्षक रहने गरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको अध्यक्षतामा १८ सदस्यीय समिति गठन गरिएको हो । समितिको सहअध्यक्षमा प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारी, सदस्य सचिवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले छन् ।
सो समितिमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधीहरुलाई सदस्यमा राखिएको छ । समितिको सदस्यमा प्रादेशिक कार्यक्रम संयोजक परमानन्द भण्डारी, नेपाल उद्योग वाणिज्य संघ कैलाली, कञ्चनपुर, डडेल्धुराका अध्यक्ष, होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बम, पर्यटन व्यवसायी गोपी हमाल, सञ्जय चौधरी, मायाप्रकाश भट्ट, सुवास शाही, धर्मराज पाठक, कल्पना गैहे्र, चन्द्र विष्ट, मानबहादुर शाही, किशोर खडका सदस्यमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार