११ श्रावण २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशको बजेट अपेक्षानुसार नआउने



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷७७ मा अपेक्षा अनुसारको बजेट ल्याउन नसक्ने भएको छ ।

संघीय सरकारले वित्तिय समानिकरण र सशर्त अनुदान आर्थिक वर्ष ०७५÷७६ को तुलनामा आगामी आर्थिक वर्षमा दुई अर्वभन्दा बढी बजेट घटाएर प्रदेशलाई दिएपछि प्रदेश सरकारले अनुमान गरे अनुसार बजेट ल्याउन नसकिने आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए ।
सोमबार सञ्चारकर्मीहरुसंग आर्थिक वर्ष ०७६÷७७ को पूर्व बजेटबारे छलफल कार्यक्रममा मन्त्री बोहराले प्रदेश सरकारले ३० अर्वको बजेटको अनुमान गरेकोमा २९ अर्वको बजेट आउने पक्षपण गरिएको बताए । चालू आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २९ अर्बको बजेट ल्याउने अन्तिम तयारीमा छ ।
‘प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुतको अन्तिम तयारीमा रहेको छ’ मन्त्री बोहराले भने, ‘अहिलेनै बजेटको आकार भने टुङ्गो लाग्न सकेको छैन । प्रदेशको बचतका आधारमा बजेटको आकारको टुङ्गो लगाइने छ ।’
मन्त्री बोहराले सरकाले कृषि, भौतिक पूर्वाधार, सामाजिक विकास, लक्षित वर्ग लगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको जानकारी दिए ।
प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउने वोहराको भनाइ छ । साथै वैदेशिक निर्यातलाई प्रतिस्थापन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउने उनको भनाइ छ । विपन्न वर्ग, भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।
सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेट ६० प्रतिशतको हाराहारीमा मात्रै खर्च गर्न सक्ने जनाएको छ । विगतमा संयन्त्र अभावमा बजेट खर्च गर्न नसकिएपनि अब कर्मचारी समायोजन लगायतका कुराहरू साम्य भइसकेकाले पूर्ण कार्यान्वयन हुने बजेट ल्याउन मन्त्री वोहराको दाबी छ । टुक्रे नभएर विशेष कार्यक्रम र योजना मार्फत मात्रै बजेट ल्याइने समेत उनको भनाइ छ ।
सरकारले मिडियालाई समेत प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेको उनको दाबी छ ।
प्रदेशको गरिबी, बेरोजगारी र बाजुरा जस्ता विकट जिल्लाहरूलाई प्राथमिकतामा राखेर बजेट ल्याउने सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि उल्लेख छ ।
छलफल कार्यक्रममा प्रदेश सरकारले सञ्चारमाध्यमलाई दिगो बनाउने गरि बजेट ल्याउनुपर्ने सञ्चारकर्मीहरुको माग थियो । प्रदेश पत्रकार महासंघका अध्यक्ष अर्जुन शाहले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा सञ्चारलाई लक्षित गरि केही कार्यक्रम ल्याएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको गुनासो गरे ।
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउ“दले पत्रकारको संस्थागत, सञ्चारमाध्यमको दिगोपना र पत्रकारको क्षमता विकासलाई लक्षित गरेर बजेट ल्याउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार