१० श्रावण २०८१, बिहीबार

चट्यांगमा परि युवती घाइते



धनगढी । कैलालीको घोडाघोडीमा चट्यांगमा परि एक युवती घाइते भएकी छिन् । घोडाघोडी नगरपालिका वडा नम्बर ३ जुरपानी गाउँकी १७ वर्षिया जानुका चौधरी घाइते भएको कैलाली प्रहरी कार्यालयले जनाएको छ ।
चौधरीको अवस्था गम्भिर रहेको र घोडाघोडी अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरी प्रमुख सुदिप गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार