१० श्रावण २०८१, बिहीबार

सटिइभिटी प्रदेश सरकार मातहत देउ



धनगढी । प्राविधिक तथा व्यवसायीक शिक्षा र तालीम परिषद् (सिटीईभिटी) सुदूरपश्चिम प्रदेश कार्यालय र शैक्षिक संंस्थाहरुलाई संघ सरकारले प्रदेश सरकारको मातहत दिनु पर्ने बताएका छन् ।

सिटीईभिटी सुदूरपश्चिम प्रदेश कार्यालय द्धारा आयोजीत भावी कार्यदिशा र सुझाव संकलन गोष्ठीमा सुदूरपश्चिम सामाजीक विकास मन्त्री कृष्णराज सुवेदीले सिटीईभिटीको खर्च तथा बजेट प्रदेश सरकारले विनियोजन गर्नुपर्ने र नियन्त्रण संघ सरकारको मातहतमा रहने प्रदेश सरकारलाई मान्य नहुने बताए ।
उनले संघ सरकारले सिटीईभिटी परिचालन, नियन्त्रणको हक अधिकार प्रदेश सरकारलाई दिनु पर्ने माग राखे । संघ सरकारले प्रदेश सरकारका हक अधिकार माथि हस्तक्षेप गरीरहेको भन्दै मन्त्री सुवेदीले संघ सरकारले प्रदेशको विकासमा बाधा पुर्याउने काम गर्न नहुने धारणा व्यक्त गरे ।
संघ सरकारले सिटीईभिटीलाई बेलैमा प्रदेश सरकारको मातहतमा नपठाए, प्रदेश सरकार आफ्ले छुट्टै प्रदेश सिटीईभिटी स्थापना गर्ने चेतावनी समेत दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापाले प्राविधिक तथा व्यवसायीक शिक्षा र तालीम परिषद् (सिटीईभिटी) ले मानिसहरुको सिप विकासमा महत्तपुर्ण भुमीका खेलेको बताए ।
कार्यक्रममा प्राविधिक तथा व्यवसायीक शिक्षा र तालीम परिषद् (सिटीईभिटी) सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख कुष्माकर भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार