१० श्रावण २०८१, बिहीबार

प्रदेश सरकारले ल्यायो योजना छनोट मापदण्ड



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको योजनाको प्रक्रिया अन्तिम चरणमा पुगेपछि मात्रै योजना छनौट मापदण्ड ल्याएको छ ।

प्रदेशको मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको प्रदेश आयोजना छनौंट सम्बन्धि मापदण्ड २०७६ लाई पनि स्वीकृत गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर बोहराले प्रदेशका केही ऐनहरु संशोधन गर्ने निर्णय समेत स्वीकृत गरेको जनाए ।
मन्त्रीपरिषद बैठकले ‘विपद जोखिम तथा अन्य दुघर्टनामा परेका व्यक्तिहरुको हवाई उद्दार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि २०७६’ लाई स्वीकृती पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार