७ बैशाख २०८१, शुक्रबार

ड्राइभरले महिलालार्इ बाटाेमै कुटे



कञ्चनपुर । कञ्चनपुरकाे महेन्द्रनगरमा एक ड्राइभरले सडकमै महिलालार्इ कुटपिट गरेका छन्।

शुक्रबार दिउँसाे से १ ज १०९४ नम्बरको वीङ्गर गाडीका चालक गोकुल बोहोराले महेन्द्रनगरको ट्राफिक चोकमा महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक मोहनजंग बुढथापाले भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी बोहोराले धनगढीकी  लक्ष्मी धनाडीलार्इ कुटपिट गरेको जनाए ।

 

उनले धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको बताए। चालकले अन्य यात्रुबाट समेत बढि भाडा असुलेको बुझिएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ भने महिलाको महाकाली अञ्चल अस्पतालमा चेकजाँच भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्