१० श्रावण २०८१, बिहीबार

बहुउद्देश्यीय सहकारी संघको तदर्थ समिति गठन, अध्यक्षमा विमल



धनगढी । बहु–उद्येश्यीय सहकारी संस्थाहरुको भेलाले जिल्ला बहु–उद्येश्यीय सहकारी संघको तदर्थ समिति गठन गरेको छ ।

शनिबार धनगढीमा आयोजित भेलाले विमल जोशीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति सर्वसम्मतीमा चयन गरेको हो । जोशी शिमशिखर बहु–उद्येश्यीय सहकारी संस्थाका सचिव हुन् । समितिको उपाध्यक्षमा रमा आचार्य, सचिवमा मदनराज ओझा, कोषाध्यक्षमा सागर थापा चयन भएका छन् । सदस्यहरुमा सुमित्रा सोप, गोमा भण्डारी, प्रमिला घिमिरे, कालुसिंह धामी र जनक विष्ट चयन भएका छन् ।
निवर्तमान अध्यक्ष पुष्कल बमको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन विमल जोशीले गरेका थिए । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दुर्गा भण्डारीले स्वागत मन्तव्य व्यक्त गरे । संघको आगामी बैठक यही जेठ १८ गते बस्ने छ ।
तदर्थ समितिले संघको विनियम पेश गर्दै आगामी अधिवेशनको मिति तय गर्ने अध्यक्ष जोशीले बताए । कार्यक्रममा जिल्ला भरका ३० वटा भन्दा बढी बहु–उद्येश्यीय सहकारी संघका प्रतिनिधीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार