१० श्रावण २०८१, बिहीबार

व्यवसायिक योजना निर्माण तालीम



धनगढी । व्यवसायिक योजना निर्माण सम्बन्धी ४ दिने तालीम तथा कार्यशाला बिहिबार धनगढीमा सम्पन्न भएको छ ।
दलित महिला अधिकार मञ्चको आयोजनामा गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका २४ जनालाई सो तालीम दिइएको हो । तालीममा सहभागीले तालीमबाट व्यवसायको खर्च आम्दानीको लेखाजोखा राख्न खोजेको बताए । सहभागी गौरीगंगा–१० का बलबहादुर सार्कीले व्यवसायको हिसाव राख्न सिकेर खर्च आम्दानी तथा नाफा नोक्सान थाहा पाउन सजिलो भएको बताए । कैलारी–२, की लक्ष्मी भुलले व्यवसायिक जोखिमको बारेमा थाहा पाएको बताए । उनले भएको पैसा मास्नु भन्दा व्यवसायमा लगाउन उपयुक्त हुने बताइन् ।
कैलालीको दुई स्थानीय तहमा सशक्तिकरण कार्यक्रम सञ्चालन गरिरहेको मञ्चले तालीममा सहभागी २४ जनालाई नै व्यवासयमा लगानी गर्नका लगानी गर्नका लागि जनही १५ हजार तीन सय रुपैयाँ समेत सहयोग गरेको छ ।
मञ्चकी कार्यक्रम व्यवस्थापक रोशा थापाले विभिन्न समूहमा तीन सय जना आवद्ध रहेको र उनीहरुलाई यसअघि कुखुरापालनमा सहयोग गरेको बताइन् । उनले समूहहरुलाई बाख्रापालनमा समेत सहयोग गर्ने कार्यक्रम रहेको बताइन् ।
मञ्चकी अध्यक्ष सावित्रा घिमिरेको अध्यक्षतामा सम्पन्न तालीममा चन्द्र ताम्राकार र किरण विकले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार