१० श्रावण २०८१, बिहीबार

नक्कली परीक्षार्थी पक्राउ



धनगढी । धनगढीबाट कक्षा ११ को परीक्षा दिने ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । धनगढीको शारदा माविमा ११ को परिक्षा दिइरहेका ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले धनगढीका दर्पण शर्मा, कपिल तिवारी र भगवती पडालको परिक्षा दिइरहेका सन्तोष भट्ट, अविनाश दत्त र आशा थापालाई पक्राउ गरिएको उनले बताए ।
नक्कली परिक्षार्थीलाई पक्राउ गरेपछि उनीहरुले दिएको जानकारीको आधारमा परिक्षा दिन लगाउने गरी तीन जनालाई पनि पक्राउ गरिएको उनले बताए ।
नियमित चेकजा“चको क्रममा नक्कली परिक्षार्थी भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । ६ जना विरुद्ध नै शिक्षा ऐन अन्तरगथत मुद्धा दर्ता भईसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार