१० श्रावण २०८१, बिहीबार

वर्तमान सरकार संघीयता विरोधीः उपसभापति निधी



धनगढी । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले संघीयता नचाहेको दाबी गरेका छन् ।

कांग्रेसद्वारा सञ्चालित राष्ट्रिय जागरण अभियानका क्रममा सुदूरपश्चिम प्रदेश स्तरीय सभाको बुधबार कैलालीको लम्कीमा उद्घाटन गदै नेता निधिले भने– कम्युनिष्टहरू स्वभावले नै संघीयतावादी हुन सक्दैनन् ।
उनले सरकारले भरखरै प्रस्तुत गरेको नीति र कार्यक्रममा संघियता बलियो बनाउन ठोस नीति र कार्यक्रम ल्याउन नसकेको आरोप लगाए ।
उनले वर्तमान सरकार शान्ति सुरक्षा कायम गर्न तथा अपराधिक गतिविधि नियन्त्रण गर्न असफल भएको दाबी गरे ।
उपसभापति निधिले “हिमाल, पहाड, तराई मधेश, नेपाली कांग्रेस” नाराका साथ शुरु भएको राष्ट्रिय जागरण अभियानले पार्टीलाई बलियो बनाउन तथा सरकारको गलत क्रियाकलापबारे जनतालाई जागरुक बनाउन सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली का“ग्रेस नेतृ डाक्टर आरजु राणा देउवा, अभियानका लागि केन्द्रीय प्रतिनिधि श्याम घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार