१० श्रावण २०८१, बिहीबार

हाेसियार ! धनगढीमा नेपाली नक्कली नोट छ्याप्छ्याप्ती



धनगढी । सचेत सहनुहोस् ! सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पुनः नेपाली नक्कली नोट देखिन थालेको छ ।

सेती अस्पतालमा बिहिबार एक जना विरामीका आफन्तले टिकट काउन्टरमा पर्चा लिन गएको बेला एक हजारको नक्कली नोट फेला परेको हो । अस्पतालका कर्मचारी अरुण पनेरुका अनुसार बिहानी सिफ्टमा कर्मचारी ददीराम आचार्य टिकट काउन्टरको डिउटीमा रहेको बेला सेवाग्राहीले एक हजारका नक्कली नोट दिएका थिए ।
कर्मचारीले पनि पैसा लिंदा ध्यान दिएका थिएनन् । सिफ्ट सकिएपछि रकम गणना गर्दा सो नक्कली नोट देखिएको थियो । पनेरुले नक्कली नोट भेटिएपछि अस्पतालको डिउटीमा रहेका प्रहरीलाई समेत जानकारी गराउनुका साथै अस्पतालका फार्मेसीमा समेत सचेत गराइएको बताए ।
हेर्दा एक हजारको नोट जस्तै देखिने साईज पनि एक हजारको नेपाली नोट जत्तिकै रहको सो नक्कली नोटको रंग पनि मिलेको देखिन्छ । पनेरुले सो नक्कली नोट फोटो कपी गरेको जस्तो देखिने गरेको बताए । त्यसको विचमा रहने चम्किलो काजग भने कालो देखिन्छ । नक्कली नाेट बजारमा छ्याप्छ्याप्ती हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार