१० श्रावण २०८१, बिहीबार

एनआइसी एसियाले ल्यायो– चमत्कारिक बचत योजना



धनगढी । एनआईसी एसिया बैंकले १५ वटा नयाँ चमत्कारिक बचत योजना शुरु गरेको छ । बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चमत्कारिक बचत योजनाबारे जानकारी दिइयो ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै शाखा रहेको एनआइसी एसिया बैंकले चमत्कारिक बचत योजना अन्तर्गत खुलेका खातामा जम्मा भएको निक्षेपमा साढे छ प्रतिशत ब्याज दिने जानकारी दिइयो ।
बैंकका सुदूरपश्चिम प्रदेश कार्यालय प्रबन्धक टेकराज भट्टले चमत्कारिक बचत योजना अन्तर्गत चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक ज्येष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता तथा चमत्कारिक विद्यार्थी बचत खाता रहेको बताए ।
त्यस्तै, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरूका लागि चमत्कारिक तलब बचत खाताको पनि व्यवस्था गरिएको उनले बताए ।
क्षेत्रीय प्रबन्धक भट्टका अनुसार चमत्कारिक योजनामा सहभागीहरूलाई १५ लाख रुपैयासम्मको दुर्घटना बीमा, १५ लाख सम्मको १८ किसिमका घातक रोगको उपचार तथा एक लाख ५० हजार रुपैयासम्मको औषधी उपचार बीमा सुविधा रहेको छ ।
एआईसी एसिया बैंकको सुदूरपश्चिम प्रदेशमा १६ वटा शाखा रहेका छन् । बैंकले १६ शाखा मार्फत चार अर्ब ७० करोड रुपैया निक्षेप संकलन गरेको छ भने पा“च अर्ब ५० करोड रुपैया ऋण लगानी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार