१० श्रावण २०८१, बिहीबार

लगानी सम्मेलनमा सुदूरपश्चिमका लागि ४ खर्व ५४ अर्वका ६ आयोजना प्रस्ताव



काठमाडौं । नेपाल लगानी बोर्डको आयोजनामा शुक्रबार काठमाडौंमा शुरु भएको लगानी सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई बिषेश योजनामा राखिएको छ । सम्मेलनमा सुदूरपश्चिम क्षेत्रमा पर्ने गरी सरकारले नौ वटा परियोजना अगाडि बढाएको छ ।
सरकारले सुदूरपश्चिम प्रदेशबाट माथिल्लो चमेलिया जलविद्युत् परियोजना (४० मेगावाट) ७ करोड, धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्टको लागि २५ करोड ८० लाख, दि खप्तड टुरिजम (खप्तड नेसनल पार्क) १८ करोड ७० लाख, इन्टिग्रेटेड एग्रिकल्चर (गोदावरी) अत्तरियाको लागि ३१ लाख अमेरिकी डलर प्रस्ताव गरेको छ ।
नल्सिङ गाड हाइड्रोइलेक्ट्रिक ९५ करोड, पश्चिम सेती र एसआर ६ ज्वाइन्ट स्टोरेज हाइड्रोइलेक्ट्रिक १ अर्ब ४८ करोड, पश्चिम सेती स्टोरेज हाइड्रोइलेक्ट्रिक २ अर्ब २८ करोड र इन्टरस्टेट एन्ड इन्ट्रास्टेट पब्लिक ट्रान्सपोटेसन प्रोजेक्टका ४ करोेड ३० लाख अमेरिकी डलर प्रस्ताव गरेको छ ।
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि लगानी सम्मेलनको लागी काठमाण्डौ पुगेका छन् । अहिलेसम्म बिदेशी लगानी नभित्रिएको सुदुरपश्चिम प्रदेशमा यो लगानी सम्मेलनबाट लगानीकर्ता आकर्शित हुने विश्वास लिइएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधि मण्डल लगायत ६०० बढि लगानीकर्ताको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार