३ जेष्ठ २०८१, बिहीबार

राजधानी गाेदावरीमा उपयुक्तः प्रधानमन्त्री अाेली



धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको राजधानी उपयूक्त ठाउँ तोकिएको बताएका छन् ।

‘प्रदेशको राजधानी त सार्नै पर्छ । गोदावरी राजधानी उपयूक्त हो । तर, खर्च त धुमधाम लाग्छ’ आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘भौतिक संरचना निर्माण र कार्यालय व्यवस्थापन खर्चको जोहो गर्न आम्दानीको स्रोत जुटाउन आवश्यक छ ।’ उनले राजधानीका विषयमा विरोध नगर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले प्रदेशको आयस्रोत बढाउन यहाँको जलस्रोत, प्राकृतिक सम्पदाको उपयूक्त सदुपयोग गर्नुपर्ने सुझाव दिएका छन् । ‘सुदूरपश्चिम प्रदेशमा अन्नको उत्पादनमा उपयूक्त, वन, जंगल, तालतलैया, धार्मीक स्थल, पर्यटकिय स्थल लगायत थुप्रै आम्दानीका स्रोत रहेका छन्’ प्रधानमन्त्री ओलीले भने ‘प्रदेश सरकारले यसको सहि सदुपयोग गर्न स्पष्ट नीति, कार्ययोजना बनाउनुपर्छ । यसमा संघीय सरकारले पनि आवश्यक सहयोग र समन्वय गर्ने छ ।’


प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भरता बनाउन सकिने बताउँदै ‘उन्नत जातको विउ र प्रविधिको प्रयोगबारे ध्यान दिन आवश्यक रहेको छ ।’ उनले कृषि आधुनिकिकरण, व्यवसायीकरण र मत्स्य विकासमा जोड दिन प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गरे । उनले भने ‘कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउन ‘एक उत्पादन एक ठाउँमा ठुलो मात्रामा खेती’ नीति अघि सारौं ।’ प्रधानमन्त्री ओलीले कृषि अनुदानका कार्यक्रम सञ्चालन विगतदेखि भईरहे पनि जनताले आवश्यक मात्रामा र उचितमात्रामा लाभ लिन नसकेको बताउँदै ‘अब अनुदानका कार्यक्रम वास्तविक किसानसम्म पुग्ने गरी नीति अघि सार्नुपर्छ ।’
उनले जनताका आधारभुत आवश्यकता पुरा गर्न धेरै वर्ष कुर्न नहुने बताए । ‘यहाँ दुर्गम जिल्ला पनि छन । त्यहाँका जनतालाई सेवा पुर्याउन अब सुरक्षित र एकिकृत वस्ती विकासको अवधारणा अघि बढाउन जरुरी छ’ उनले भने ।
प्रधानमन्त्री ओलीले सुदूरपश्चिम पर्यटनको सम्भावना बोकेको क्षेत्र रहेको बताए । उनले भने ‘यहाँका हिमालमा पदयात्रा, ट्रेकिङ, मोउण्टेनिङ र नदीमा र्याफिटिङ गर्न सकिन्छ भने यहाँ खप्तड, शुक्लाफाटा जस्ता राष्ट्रिय निकुञ्ज छन भने पवित्र धार्मिक स्थल, अनेक मन्दिरहरु लगायत जस्ता धेरै रमणिय स्थल छन जसले पर्यटकलाई आकर्षण गर्न सक्छ ।’ उनले पर्यटकिय स्थलमा पर्यटन भित्र्याउन आवश्यक पुर्वाधार निर्माण र प्रचार प्रसारमा जोड दिनुपर्ने बताए ।


प्रधानमन्त्री ओलीले महाकाली, सेती, कर्णाली लगायतका ठुला नदीहरुबाट जलविद्युत तथा सिँचाई आयोजनाहरु अघि बढाउन सकिने बताए । उनले भने ‘पञ्चेश्वर परियोजनाको चर्चा भयो तर, अघि बढेन, रानी जमरा कुलरिया सिचाई आयोजना अघि बढीसकेको छ । विद्युतका अन्य आयोजना कसरी अघि बढाउने भन्नेमा सरकार लागि रहेको छ ।’
उनले यस प्रदेशमा रहेको छाउपडी प्रथा, जातिय छुवाछुत लगायतका विकृति र विसंगतिबारे स्मरण गर्दै भने ‘अब सुदूरपश्चिम प्रदेशमा विकृति अभियान सञ्चालन गर्न आवश्यक रहेको छ ।’

उनले संघीय सरकारबाट यस प्रदेशमा धेरै आयोजना सञ्चालन भइरहेको बताए । ‘प्रदेशमा सिँचाई, सडक, विद्युत, तुइन विस्थापन लगायतका थुप्रै आयोजनाहरु सञ्चालन भइरहेका छन्’ उनले भने ।

उनले सरकार विकास निमार्णमा तीव्रताका साथ लागेको दाबी समेत गरे । उनले भने, ‘वर्तमान सरकारले कसैलाई अन्धकारमा राख्दैन, गाउँ गाउँमा सडक निमार्ण हुन्छ, कसैका नानी बाबु शिक्षाबाट वञ्चित हुँदैनन् । स्वास्थ्य उपचार नपाएर अब कसैले ज्यान गुमाउन पर्ने छैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार