१४ कार्तिक २०८१, बुधबार

एकतर्फी रुपमा निर्माण भइरहेको तारजाली कार्य रोकियो



धनगढी । भारतीय पक्षले अर्को व्यवस्था नभएसम्मका लागि दशगजा क्षेत्रमा एकपक्षिय रुपमा निर्माण गरिरहेको नाली तथा तारजालीको काम रोकेको छ ।
नेपाली पक्षले भारतीयले निर्माण गर्न लागेको सो कार्यविरुद्ध विरोध गरेपछि शुक्रबार सरोकारवालाहरुसंग बसेको छलफलमा काम रोक्ने सहमति गरेका हुन् । भारतको गौरिफण्टामा बसेको नेपाल–भारतका सुरक्षा र वन पदाधिकारीको संयूक्त बैठकमा सर्वपक्षीय बैठकबाट यसको निकास निकाल्ने सहमति भएको हो ।

भारतीयले कञ्चनपुरको सिमा स्तम्भ १५३÷१७१ नम्बरमा दुई किलोमिटरसम्म नाली निर्माण तथा तथा तारजाली गर्ने काम अघि बढाएको थियो ।
नेपालीहरुको विरोधपछि कञ्चनपुर सुरक्षा निकायको पहलमा बैठक बसेको थियो । बैठकमा भारततर्फबाट उत्तर प्रदेश प्रहरी कोतवालेका उमेश्वरप्रसाद यादव, पोष्टर वन सन्तकुमार त्रिपाठी, फोरेष्टर मनोज कुमार मौर्या, इन्स्पेक्टर अभय यादव र नेपाल पक्षबाट कञ्चनपुर सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्ट, प्रहरी उपरिक्षक कुवेर कडायत, डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत मोहनराज काफले, शशस्त्र प्रहरीका विनोदराज श्रेष्ठको सहभागिता रहेको थियो ।
बिहिबार स्थानीयको गुनासोपछि सशस्त्र सिमा सुरक्षा बल कैलालीको टोली र भारतीय सिमा सुरक्षा बलको टोलीले संयुक्त रुपमा सो क्षेत्रमा काम रोक लगाएको थियो ।
शुक्रबारको छलफलमा कञ्चनपुर सहायक प्रमुख जिल्ला अधिकारी विष्टले नेपाली पक्षलाई कुनै जानकारीनै नदिई नाली निर्माण गरेकाले रोक्न आग्रह गरिएको बताए । उनले सर्वपक्षिय बैठकमा यसबारे जानकारी दिइने र सो समयमा यसबारे निकास निकाल्ने सहमति भएको बताए ।भारतीय सिमा सुरक्षा वलका अधिकारी अभय यादवले तस्करी, लागूऔषध ओसारपसार तथा अपराधिक क्रियाकलाप रोक्न नाली तथा तारजाली निर्माण गरिन लागेको बताए । उनले भने ‘सिमा मिच्ने तथा नेपाली पक्षलाई दुःख दिने हाम्रो उद्देश्य होइन ।’ भारतीय सुरक्षा अधिकारी यादवले आफूहरुले भारतको भूमिमा नै नाली तथा तारजाली निर्माण कार्य गरिरहेको पुनः दोहोर्याएका थिए ।
दुधवा नेशनल पार्कका फरेस्टर मनोज कुमारले जंगली जनावरहरु सिधैं नेपालतर्फ जानबाट रोक्न तथा सिमावर्ती क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि नाली तथा तारजाली निर्माण कार्य अघि बढाइएको बताए । उनले अन्तर्राष्ट्रिय जैविक मार्गमा कुनै पनि किसिमको अवरोध नपु¥याइने बताए । दुधवा राष्ट्रिय निकुञ्ज तथा नेपालको लालझा“डी वन र शुक्लाफा“टा बन्यजन्तु आरक्ष जोडिएकाले एकअर्का ठाउ“का बन्यजन्तु ओहोरदोहोर गर्दै आएका छन् ।
छलफलमा वन संरक्षणकर्मी राजबहादुर ऐरले अन्र्तराष्ट्रिय जैविक मार्ग भएकाले तारजाली निर्माण नगर्न आग्रह गरेका थिए । चार वर्षअघि पनि भारतीय पक्षले यसरी नै नेपाली भूमिका नाली खनेको थियो स्थानीयको विरोधपछि पुरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार