१५ बैशाख २०८१, शनिबार

माहुरीपालनबाट मनग्य आम्दानी (अन्तर्वार्ता)



धनगढी । कैलालीको मसुरियाका पत्रकार घनश्याम पौडेल पत्रकारितासंगै माहुरीपालनमा व्यस्त छन् ।
आफ्नो बैकल्पिक आम्दानको स्रोत खोजीको क्रममा माहुरी पाल्न थालेका घनश्याम माहुरीपालनबाट मनग्ये आम्दानी गर्न थालेका छन् । तोरीको सिजन नसकिदै एक १७ घारबाट दुई क्वीन्टल मह निकालेर एक क्वीन्टल १० किलो मह बेचिसकेको पौडेलले बताए ।
बजारमा चारदेखि ६ सय रुपैयाँ किलोका दरले मह विक्री हुने गरेको छ । पौडेलका अनुसार वर्षमा चार सिजनमा मह काढ्न सकिन्छ । उनले कात्तिकदेखि माघसम्म तोरीको सिजन, फागुन चैतमा सिसम फूलेको, बैशाखमा फलफूल, असारमा जामुनाको मह निकाल्ने गरिएको बताए ।

छ वर्ष पहिले पाँच घारबाट माहुरी पाल्न थालेका पौडेलले ४० घर माहुरी नै विक्री सकेको र १७ घार आफैले पालेको बताए । स्थानीय प्रगतिशील माहुरीपालन सहकारी संस्थाले बजार व्यवस्थापन गरेकाले मह बेच्न सहज रहेको बताए ।
कैलालीमा चार सय बढि किसानले माहुरीलापन गरिरहेका छन् । माहुरीपालनबाट सहजरुपमा आम्दानी गर्न सकिने गरेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार