५ जेष्ठ २०८१, शनिबार

बिदामा पनि बैंक खुल्ने



धनगढी । दशैंका लागि सरकारले दिएको सार्वजनिक बिदामा पनि बैंकहरू भने खुला रहने भएका छन् । बैंकले आफ्ना ग्राहकको सुविधाको लागि सार्वजनिक बिदाका दिन पनि बैंकका नगद काउन्टर खुला गर्ने जनाएका छन् ।
सेन्चुरी कमर्सियल, प्रभु, जनता, नविल, नेपाल इन्भेष्टमेण्ट र सिद्धार्थ बैंकले धनगढी, टीकापुर र महेन्द्रनगरमा बिदाका दिनमा पनि काउन्टर खुल्ला गरिने जनाएका छन् । धनगढी, महेन्द्रनगर र टीकापुरमा कुनै बैंकले कात्तिक ३ गतेसम्म त कुनै बैंकले ३१ गतेसम्म खुला राख्ने बताएका छन् ।
सेन्चुरी कमर्सियल बैंकको धनगढी शाखाले असोज ३० र ३१ गते बिहान ११ बजेदेखि २ बजेसम्म नगद काउण्टर खुला रहने जनाएको छ । त्यस्तै, टीकापुरको शाखा असोज ३०, ३१ र कात्तिक ३ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने छ ।
प्रभु बैंकको धनगढी शाखा असोज ३०, ३१ र कात्तिक १ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ ।
जनता बैंकको धनगढी शाखा असोज ३० र ३१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ । साथै महेन्द्रनगर शाखा असोज ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ ।
त्यस्तै, नबिल बैंकको धनगढी शाखा असोज ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्नेछ ।
नेपाल इनभेष्टमेन्ट बैंक धनगढी शाखा असोज ३० गते बिहान १० बजेदेखि १ बजेसम्म खुला रहनेछ ।
सिद्धार्थ बैंकको धनगढी र टीकापुर शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने जनाइएको छ ।

सम्बन्धित समाचार

राष्ट्रबैंकको आग्रह– नोटको जतन गरौं

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार