२ जेष्ठ २०८१, बुधबार

दार्चुलाबाट भेडाच्यांग्रा पठाइयो



दार्चुला । दसैं तिहारका लागि दार्चुलाबाट करिब आठ सय भेडाच्यांग्रा पोखरा तथा काठमाडौं पठाइएको छ । जिल्लाको अपिहिमाल, मार्मा र नौगाड गाउँपालिका तथा शैल्यशिखर नगरपालिकाबाट भेडाच्यांग्रा पठाइएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ ।
जिल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि दुइ सय ६० भेडा, तथा स्कालिम जातका चार सय ७३ च्यांग्रा ढुवानी गरिएको पशु चिकित्सक मोहनदेव भट्टले बताए ।
विगतमा तिब्बतबाट भेडाच्यांग्रा आयात हुने गरेकामा पछिल्लो समय दार्चुलाबाटै बाह्य जिल्ला निर्यात हुन थालेको छ ।
यस वर्ष तिब्बतेली भेडाच्यांग्रा हालसम्म आयात नभएको व्यास गाउँपालिका वडाध्यक्ष अशोकसिंह बोहराले बताए ।
व्यापारीले जिल्लाबाट ७० हजार भाडा तिरेर भेडा च्यांग्रा पोखराका लागि ढुवानी गरेको ट्रक व्यवसायी मोहनसिंह ऐरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार