२२ बैशाख २०८१, शनिबार

रैथाने आलू उत्पादन प्राथमिकतामा: सांसद पन्त



धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले कैलाली र कञ्चनपुरको रैथाने आलुको उत्पादनलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको परिवर्तन बहुउद्देश्यीय सहकारी संस्थाको नवौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रदेश सांसद पन्तले कैलालीको घोडसुवा क्षेत्र स्थानीय आलुको सबैभन्दा उर्वर क्षेत्र भएको बताए । उनले भने– ँव्यवसायिक रूपमा स्थानीय प्रजातिको आलु उत्पादन गर्ने किसानलाई अनुदानको व्यवस्था मिलाइने छ ।”
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हिरासिंह पातलीले उपमहानगरपालिकाले आफ्नो नीति र कार्यक्रममा सहकारी संस्थाहरूको प्रवद्र्धनलाई समेटेको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार