२२ बैशाख २०८१, शनिबार

साल्ट ट्रेडिंगको सुपथ मुल्य पसलमा ग्राहककाे अाकर्षण बढ्याे, दुर्इ दिनमा छ सय किलाे नुन विक्री



धनगढी । साल्ट ट्रेडिंग कर्पोरेशन नेपाल क्षेत्रीय कार्यालय धनगढीले नजिकिएको चाडपर्वका लागि सञ्चालन गरेको सुपथ मुल्य पसलमा ग्राहकहरुको आकर्षण बढ्दो छ ।
साल्ट ट्रेडिंगले दुई दिनमा पाँच सय ८३ किलो नुन सुपथ मुल्य पसलबाट मात्रै विक्री गरेको छ । धनगढीबाट ११७, महेन्द्रनगरबाट १२३, बलौरीबाट १०८, दिपायलबाट १३, डडेल्धुराबाट ६५ बैतडीबाट १५७ किलो नुन बेचेको साल्ट ट्रेडिंगले जनाएको छ ।
साल्ट ट्रेडिंगले सुपथ मुल्य पसल सञ्चालन गरेपछि बजारमा केही व्यापारीहरुले तोकिएको मुल्य २० रुपैयाँ प्रतिकिलोमा नुन बेच्न थालेका छन् ।
साल्ट ट्रेडिंगले दशैं, तिहार र छठ पर्वका लागि असोज १२ गतेदेखि सुदूरपश्चिम प्रदेशको ७ स्थानमा नुन र चिनी सुपथ मुल्यमा विक्री गर्न थालेको हो । साल्ट ट्रेडिंगका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेयका अनुसार धनगढी, टीकापुर, महेन्द्रनगर, बेलौरी, डडेल्धुरा, दिपायल र पाटनमा सुपथ मुल्य पसल सञ्चालनमा छन् । सुपथ मुल्य पसल कात्तिक २७ गतेसम्म चल्ने छ । साल्ट ट्रेडिंगको सुपथ मुल्य पसलमा नेपाल खाद्य संस्थानले पनि चामल विक्री गर्न थालेको छ ।
साल्ट ट्रेडिंगले तोकिएको मुल्य भन्दा २ रुपैयाँ सस्तोमा नुन विक्री गरिरहको छ । २० रुपैयाँ मुल्य तोकिएको आयोनुन प्रति किलो बजारमा २२ देखि २५ रुपैयाँमा विक्री हुँदै आएको छ ।
त्यस्तै आइतबारसम्म ५ रुपैयाँ छुट दिई प्रतिकिलो चिनी ७० रुपैयाँमा विक्री गरेको सहायक महाप्रबन्ध पाण्डेयले बताए । उनले केन्द्रीय कार्यालयको निर्देशनमा सरकारले चिनीको मुल्य निर्धारण नगरेसम्मका लागि विक्री स्थगित गरिएको बताए । कर्पोरेशनले दशैं तिहारको लागि ८ सय बोरा चिनी धनगढी ल्याइसकेकोले चाडपर्वमा चिनीको अभाव नहुने सहायक महाप्रबन्धक पाण्डेयले बताए ।
बजारमा चिनीको मुल्य प्रतिकिलो ८० देखि ८५ रुपैयाँसम्म पर्छ भने पहाडी जिल्लामा प्रतिकिलो ९० देखि ९५ रुपैयाँ पर्ने गरेको छ । तर साल्ट टे«डिंगले देशैभर समान मुल्यमा नुन र चिनी विक्री गरिरहेको छ ।
चाडपर्वको बेला सुपथ मुल्य पसलबाट नुन र चिनी खरिद गर्दा पहाडका बासिन्दाहरुलाई ठूलो राहत पुग्ने गरेको छ । दशैंतिहारको बेला पहाडमा सबै भन्दा बढि चिनी खपत हुने गरेको सहायक महाप्रबन्धक पाण्डेयले बताए । उनले गतवर्षको दशैं तिहारमा सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै एक करोड १५ लाख रुपैयाँ चिनी सुपथ मुल्य पसलबाट विक्री भएको बताए ।
सीमावर्ती भारतीय बजारमा पाइने नुन र चिनीको गुणस्तर र तौलको ग्यारेण्टी नभएको बताउँदै सहायक महाप्रबन्धक पाण्डेयले साल्ट टे«डिंगले विक्री गर्ने चिनी र नुन गुणस्तरी हुनुका साथै तौल पनि सही रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार