२२ बैशाख २०८१, शनिबार

निर्माण तथा हार्डवेयर सामग्री प्रदर्शनी हुने



धनगढी । हार्डवेयर व्यवसायी संघ कैलालीको निर्माण तथा हार्डवेयर सामग्री प्रदर्शनी गर्ने भएको छ ।
संघले आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी धनगढीको ओमप्यालेसमा असोज २४ देखि २७ गतेसम्म सो प्रदर्शनी हुने जनाएको छ । संघका अध्यक्ष सुरेन्द्र राठीले प्रदर्शनीमा अवलोकनकर्ता विभिन्न कम्पनीका विभिन्न ब्राण्डहरु एकै ठाउँ राखी तुलना गर्न सक्ने बताए । उनले प्रदर्शनीका अवलोकन गर्न आउने प्रयोगकर्ताहरुलाई निर्माण तथा हार्डवेयर सामाग्रीहरुको गुणस्तर, मुल्य र बजारको अवस्थाको बारेमा समेत जानकारी दिइने बताए ।
प्रदर्शनीमा ७५ वटा स्टल रहने छन् । एउटा मुख्य र ८ वटा सहप्रयोजक रहने पद्रर्शनीमा कम्पनीमा उत्पादन प्रदर्शनीका लागि विशेष मञ्च व्यवस्थापन गरिने अध्यक्ष राठीले जनाए । उनले कजेलका मार्केटिंग अध्ययनरत विद्यार्थीहरुलाई व्यापार प्रतिनिधिको रुपमा प्रयोगात्मक अभ्यासको समेत व्यवस्था गरिएको जनाए ।
नयाँ उत्पादनको जानकारी दिनुका साथै उत्पादकहरुको अनुभव साँट्ने, स्थानीय उत्पादनहरुको प्रबद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको संघका संस्थापक अध्यक्ष मायाप्रकाश भट्टले बताए । उनले एक लाख जनाले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार