१५ मंसिर २०७९, बिहीबार

खुनाको परिवारलाई आर्थिक सहयोग



महेन्द्रनगर । भीमदत्त नगरपालिकाले निर्मला पन्त हत्या घटनामा संलग्न दोषिहरूमाथि कारवाहीको माग गर्दै चर्किएको आन्दोलनमा ज्यान गुमाएका सन्नी खुनाका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
बिहीबार भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले खुना परिवारलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा भदौ ८ गते प्रहरीको गोली लागेर १४ वर्षिय खुनाको निधन भएको थियो ।
भीमदत्त नगरपालिका कार्यालयमा बिहीबार आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख विष्टले खुनाका बुवा विरु खुना र आमा मञ्जु राजी खुनालाई तीन लाख रुपैयाँको चेक प्रदान गरे ।
नेपाल सरकारले स्वर्गीय सन्नीलाई शहिद घोषणा गरी १० लाख रुपैयाँ तथा प्रदेश सरकारले पाँच लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्