२ जेष्ठ २०८१, बुधबार

कस्टमर मिट कार्यक्रम




धनगढी । हेभी उपकरण ब्रान्ड ‘कोबेल्को’ ले धनगढीमा बुधबार कस्टमर मिट आयोजना गरेको छ । नेपालका लागि कोबेल्को हेभी उपकरणको अधिकृत बिक्रेता पूजा कन्सट्रक्सनको संयोजनमा भएको कार्यक्रममा कोबेल्को इन्डियाका जनरल म्यानेजर योगेश खुराना प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा जनरल म्यानेजर खुराना र नेपालका डेपुटी जनरल म्यानेजर सञ्जीवकुमार देवले कोबेल्को एक्साभेटरका विशेषताबारे जानकारी गराएका थिए । नेपालमा हुने सडक कटिङ, ढुंगा खानी, बालुवाखानी, इट्टा उद्योग, सिँचाईं, क्रसर व्यवसायमा कोबेल्को एक्साभेटर शक्तिशाली र उच्च उत्पादकत्वयुक्त हुने खुरानाले बताए ।
उनका अनुसार हाल नेपालमा कोबेल्कोका एसके १४०, एचडीएलसी, एसके २२० एचडी, एस ३८० एचडीएलसी, एसके २१० एचडीएलसी गरी चार मोडलका एक्साभेटर पूजा कन्सट्रक्सन नेपाल प्रालिमार्फत उपलब्ध रहेका छन् ।
कोबेल्को एक्साभेटर नेपालमा इन्धनको वचतमा सर्वश्रेष्ठ प्रमाणित भएको पूजाका डेपुटी जनरल म्यानेजर देवले बताए ।
उनका अनुसार उत्कृष्ट जापानी प्रविधिमा आधारित नविनतम प्राविधिक विशेषताले गर्दा कोबेल्को एक्साभेटर लामो समयसम्म टिक्छन् । सञ्चालनमा सहज यी उपकरणहरू समस्यारहित पनि छन् । विशिष्ट डिजाइनले गर्दा यो मेसिन भरपर्दो, आरामदायी तथा मर्मतसम्भारमा सजिलो हुने उनले बताए ।
नेपालमा कोबेल्कोको बिक्रीवितरण सन् २०१३ मा प्रारम्भ भएको हो । यो छोटो अवधिमा छ सयभन्दा बढी एक्साभेटर बिक्री भएका छन् । कोबेल्कोको उच्च उत्पादनशीलता तथा विश्वसनीयताले ब्रान्डको छवि थप चम्किलो बनाएको कम्पनीको विश्वास छ ।
पूजाको धनगढी, पोखरा, काठमाडौं, कोहलपुर, इटहरी र बुटवल स्थित शाखाबाट कोबेल्को एक्साभेटरको बिक्रीवितरण भइरहेको छ ।
कार्यक्रममा कोबेल्को एक्साभेटर कस्टमरको सहभागिता रहेको थियो । सहभागीले यस उपकरणका विशेषता र कार्य प्रभावकारिताका विषयमा जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार