२ जेष्ठ २०८१, बुधबार

७१ लाख बढी भारूसहित एक जना पक्राउ (भिडियोसहित)



धनगढी । भारतबाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँ ल्याउँदै गरेका एक जनालाई सशस्त्र प्रहरीले भजनीस्थित नेपाल भारत सीमानाकाबाट पक्राउ गरेको छ ।
कैलालीको भजनी नगरपालिका ३ बर्दवाफाँटमा पर्ने नेपाल–भारत सीमा नजिकै रहेको घाटबाट आलु र केही किराना सामाग्रीको बोरामा लुकाई ल्याइरहदा सो भारतीय रुपैया सहित लम्की चुहा नगरपालिका १ का ३१ वर्षीय कृष्णराज जोशीलाई पक्राउ गरेको हो । से ४ प ६७६० नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय टीकापुरको जिम्मा लगाएको शसस्त्र प्रहरी वल कैलाली ३४ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) विष्णु प्रसाद भट्टले जानकारी दिए ।
भारतको गुजरातबाट चोरी गरी सो भारतीय रुपैयाँ ल्याएको जोशीले प्रहरीलाई बताएका छन् । इलाका प्रहरीका कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले चोरीमा ५ जना संलग्न रहेको बताएका छन् । असोज ३ गते राति गुजरातका सरपञ्चको घरमा रकम चोरेको जोशीले प्रहरीलाई बयान दिएको सिंहले बताए् । घटनाको थप अनुसन्धान शुरु गरेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार