१२ श्रावण २०८१, शनिबार

निर्मला बलात्कार तथा हत्या घटनामा सर्बत्र चिन्ता र चासो बढ्दो



धनगढी । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको ५५ दिन भइसक्दा पनि घटनाको सत्यतथ्य तथा वास्तविक दोषि पत्ता लाग्न नसकेपछि देशभित्र र बाहिर व्यापक चासो र चिन्ता बढेको छ । घटनामा संलग्न दोषिहरु पत्ता लगाउने मागसहित दिनहुजसो मुलुकका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन् ।
यस क्रममा बिहीबार नेपाली जनसम्पर्क समिति (पश्चिम भारत क्षेत्र) ले निर्मला पन्तको हत्यामा संलग्न दोषिलाई तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन माग गर्दै प्रदेश ७ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाली जनसम्पर्क समिति (पश्चिम भारत क्षेत्र) का अध्यक्ष एमबी बोहरासहितको टोलीले बिहीबार सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई निर्मला हत्या घटनाको सत्यतथ्य तथा वास्तविक दोषि पत्ता लगाउने मुख्य मागसहित ज्ञापनपत्र बुझाएको छ ।
प्रदेश मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउ“दै अध्यक्ष बोहराले प्रदेश सरकारले प्रदेशका आम नागरिकलाई सुरक्षाको अनुभूति गराउन निर्मलाका हत्यारालाई तत्काल कानुनी कारबाही ल्याउन आग्रह गरे । उनले भने– ‘अपराधी जतिसुकै शक्तिशाली होस्, त्यसलाई कानुनी कठघरामा उभ्याएर सजाय दिने काम सरकारको हो ।’
अध्यक्ष बोहराले निर्मला बलात्कार तथा हत्या घटनामा प्रदेश सरकारबाट गम्भीरता नदेखाइएको आम नागरिकले महसुस गरेको बताए । भने– यो घटनामा स्थानीय प्रहरी प्रशासनले गम्भिरताका साथ नलिनुका पछाडी कतै अपराधीलाई नै संरक्षण त गरिरहेको छैन भन्ने आशंका बढेको छ ।
गत साउन ११ गते कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २, उल्टाखामकी निर्मलाको उखुबारीमा शव फेला परेको थियो । उनी १० गते दिउसोदेखि वेपत्ता अवस्थामा थिइन् । पोष्टमार्टम रिपोर्टमा उनको बलात्कार पछि हत्या भएको उल्लेख छ ।
ज्ञापनपत्रमार्फत नेपाली जनसम्पर्क समिति (पश्चिम भारत क्षेत्र) ले प्रवास (भारत) मा काम गर्ने गएका नेपालीहरुले घर फर्किदा सिमामा भारतीय तथा नेपाली सुरक्षाकर्मीहरुबाट सास्ती व्यहोर्र्नुपर्ने अवस्था यथावत रहेको मुख्यमन्त्रीलाई पुनःस्मरण गराइएको छ । अध्यक्ष बोहराले मुख्यमन्त्रीसंग अनुरोध गरे ‘हाम्री चेलीबेटीलाई विभिन्न प्रलोभनमा पारेर भारतमा लगेर बेचिने गरेका छन्, यस्ता घटना नियन्त्रण गर्न प्रदेश सरकार गम्भिर हुनुप¥यो ।’
ज्ञापनपत्र बुझाउन गएको टोलीमा सहभागी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली का“ग्रेसका नेता रणबहादुर रावलले बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाले भारतमा काम गरिरहेका नेपालीहरुको मन पनि विचलित भएको बताए ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले निर्मला पन्त हत्याकाण्डमा प्रदेश सरकारले ‘घटना भएदेखि नै संघीय सरकारसंग समन्वय गरि सत्यतथ्य छानविन गर्न पहल गरिरहेको’ बताए । मुख्यमन्त्रीले सो घटनाको छानबिन भइरहे पनि अहिलेसम्म सत्यतथ्य आउन नसक्दा जनतामा निराशा बढेको बताए । ‘ढिलो होला, तर अपराधी पत्ता लाग्छ र कारबाहीको दायरामा ल्याउछौं’ मुख्यमन्त्री भट्टले प्रदेश सरकारको मातहतमा प्रहरी नहु“दा शान्ति सुरक्षा कायम गर्न तथा अपराधिक गतिविधि नियन्त्रण गर्न केही कठिनाई भइरहेको बताए ।
उनले भारतका विभिन्न शहरमा काम गरेर घर फर्किने क्रममा सिमामा नेपालीहरु लुटिने र ठगिने गरेका घटना बाहिर आउने गरेकोमा ‘यस वर्ष सिमामा नेपालीहरुले त्यस्ता खालका दुःख नपाउन भनेर प्रदेश सरकारले विशेष सुरक्षा योजना बनाइरहेको’ बताए ।
मुख्यमन्त्रीले केही दिनमा चाडपर्व सुरक्षा योजना तयार हुने र सोही अनुसार सुरक्षा निकाय परिचालन गरिने बताए । उनले भारतमा रहेका नेपाली कसैले त्यस्तो दुःख भोगेमा सञ्चारमाध्यम र आम नागरिकले सरकारलाई सचेत गराउन आग्रह गर्दै भने– ‘सकभर गुनासो अवस्था आउन दिने छैनौ, यदि कसैले त्यस्तो भोगेमा तपाईहरुले जानकारी दिनुहोला ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार