२५ आश्विन २०८१, शुक्रबार

चौथो अन्तर्राष्ट्रिय योगा दिवस : हामी स्वस्थ भए प्रदेश नै स्वस्थ र समृद्ध – मुख्यमन्त्री भट्ट



धनगढी । प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्टले योगालाई जनताको जीवनपद्धती बनाउन योगा अभियान चलाउने बताएका छन् ।
चौथो अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले खानपिन र रहनसहनका कारण लाग्ने रोग नियन्त्रण गर्न नियमितरूपमा योगा गर्न उपयुक्त हुने धारणा पनि राखे ।

हामी स्वस्थ भए प्रदेश नै स्वस्थ र समृद्ध बन्ने भएकोले आफू पनि योगा गरौं अरूलाई पनि योगा गर्न लगाउ उनले आव्हान गरे ।

योगा अभ्यासको तयारीमा रहेका प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत । तस्बिर : प्रकाशविक्रम शाह

सामाजिक विकास मन्त्रालयमा आज बिहान मुख्यमन्त्री भट्ट छ वटै मन्त्री र धनगढी उपमहानगरपालिका प्रमुख लगायतले योगागुरुहरूले भने अनुसारका आसनमा योगाअभ्यास गरेका थिए । सो अवसरमा सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले योगा अभियान नौ वटै जिल्लामा पुगाउने लक्ष्य रहेको बताए । योगालाई अभियानका रूपमा सञ्चालन गर्न भरखरै प्रस्तुत भएर प्रदेश सभाबाट अनुमोदनको प्रक्रियामा रहेको बजेटमा राम्रो रकम छट्टाइएको उनले बताए ।
सामाजिक विकास मन्त्रालयले नयाँ वर्ष २०७५ का अवसरमा पनि मन्त्रालयमा योगाअभ्यास गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार