३० भाद्र २०८१, आईतवार

मुख्यमन्त्री भट्ट भए संसदीय दलको नेता



धनगढी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रदेश सातको संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सर्वसम्मतरूपमा दलको नेता छानेको छ ।
दुई ठूला पार्टीबीच एकता भएपछि मंगलबार पहिलो पटक बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई दलको नेता छानेको हो । बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई उपनेता बनाएको छ ।
प्रदेश सभा सदस्य तथा प्रदेश सातका सामाजिक विकासमन्त्री दीर्घ सोडारीका अनुसार बैठकले कञ्चनपुरबाट विजयी प्रदेश सभाका सदस्य तारालामा तामाङलाई प्रमुख सचेतक र अछामबाट निर्वाचित अक्कल रावललाई सचेतक छानेको छ ।
बैठकमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्यद्वय भीमबहादुर रावल लेखराज भट्ट, केन्द्रीय सदस्यहरू कर्णबहादुर थापा, लक्ष्मीदत्त जोशी र वीरमान चौधरी लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार