४ आश्विन २०८१, शुक्रबार

गाडेको धन भेटियो



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १, चौमालास्थित मालिका उच्च माध्यमिक विद्यालय नजिक भरखरै गाडेको धन फेला परेको छ ।
मालिका स्कूलको खानेपानी मर्मत गर्न खन्ने क्रममा दिउँसो करिब डेढ बजेतिर सुनका पुराना सिक्का सहित गरगहना भेटिएको स्थानीयले जनाएका छन् ।
भेटिएको धनको अहिले प्रहरीले विवरणसहित मुचुल्का उठाइरहेको छ ।
सो स्थानमा राणाकालमा दरबार रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार