२२ बैशाख २०८१, शनिबार

करोडौं खर्च गरेर मर्मत, २१ घन्टा लोडसेडिङ



बझाङ । करिब ८६ करोड रुपैयाँको लगानीमा मर्मत गरिएको बझाङको डोगडीस्थित सुर्मादेवी साना जलविद्युत आयोजना दुई वर्ष नवित्दै काम नलाग्ने भएको छ ।
दुई वर्षअघि ८६ करोड रुपैयाँ खर्च गरेर दुई सय किलोवाट क्षमताको सो आयोजना मर्मत भएको थियो ।
बझाङको सदरमुकाम र आसपास वस्तीमा विद्युत सेवा पुर्‍याउन २०४९ सालमा जापान सरकारको सहयोगमा सुर्मादेवी साना जलविद्युत आयोजना निर्माण भएको थियो । सो आयोजनाको मर्मत कार्यमा पनि जापान सरकारको नै अनुदान रहेको छ ।
सन् २०१६ सेप्टेम्बर महिनामा निर्माण कार्य पूरा भएको प्रमाणपत्र प्रदान गरेको केही महिनापछि नै विद्युत सेवा अवरुद्ध हुन थालेको थियो ।
प्राविधिकहरूका अनुसार बाँंधबाट इन्टेकमा पानी पठाउने ठाउँमा राखिएको फोहोर छान्नेमा ठाउँमा नै समस्या रहेको छ । बाँधबाट इन्टेकसम्म पानी लैजाने नहर पनि विभिन्न ठाउँमा चुहिने गरेको र पानी जम्मा गर्ने इन्टेकमा खराबी भएकाले नियमित विद्युत उत्पादनमा समस्या रहेको उनीहरू बताउँछन् ।
निर्माण भएको दुई महिनासम्म दैनिक आठ घण्टा लोडसेडिङ हुने गरेकोमा अहिले बझाङमा २१ घण्टासम्म लोडसेडिङ हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार