२३ बैशाख २०८१, आईतवार

अत्तरियाभन्दा माथि राजधानी हुनुपर्छ



नयाँ संरचनामा जाँदा चुनौति हुन्छ नै । यतिबेला हुने सानो गल्तीले संघीयतामाथि नै प्रश्न उठ्न सक्छ । जनतालाई संघीयताले खर्च बढी हुन्छ कि भन्ने लागेको छ । तर संविधानले अधिकार प्रदेशस्तरसम्म दिएकाले सबै मिलेर काम गरे दु्रत गतिमा विकास गर्न सकिन्छ । हामी सबैले संघीयताबारे उचित रूपले बुझेनौ भने र यसले धेरै नकारात्मक प्रचार गयो भने संघीयता नै खतरामा पर्न सक्छ । मिलेर काम गरे प्रदेशलाई समृद्ध बनाउन, जनता सुखी बनाउन सकिन्छ ।

तारा लामा तामाङ
प्रदेश सभा सदस्य, कञ्चनपुर

अहिले प्रदेश राजधानीबारेमा किन आन्दोलन भइरहेको छ ? देशमा केन्द्रीकृत शासन व्यवस्था हँुदा जहाँ राजधानी वा सदरमुकाम भयो, त्यही ठाउँमा विकास भएकोले आफ्नै ठाउमा भए विकास हुन्थ्यो कि भनेर डोटीका जनताले आन्दोलन गर्नु स्वाभाविकै हो । संविधानत: प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेश सभालाई छ । व्यक्तिगत रूपले भन्दा कैलाली कञ्चनपुरको जनसंख्या र पहाडी जिल्लाको भूगोललाई हेर्दा अत्तरिया भन्दा माथि राजधानी हुनुपर्दछ भन्छु साथै संघीयता चाहिने हो भने आन्दोलन नगर्नुस भन्छु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार