निराश नहुनु, संमृद्धि आउछ : शाह
धनगढी । निर्वाचनमा पराजयपछि कैलाली क्षेत्र नम्बर १ का वामगठवन्धनका उम्मेदवारले मतदातालाई धन्यवाद दिदै वामगठवन्धनकै प्रदेश र केन्द्र सरकार बन्ने भएकाले निराश नहुन आग्रह गरेका छन् ।
मंगलबार धनगढीमा पत्रकार सम्मेलनमा वितरित वाम गठवन्धनका उम्मेदवार गरिमा शाह र नेपबहादुर चौधरीद्वारा जारी विज्ञप्तीमा जनप्रतिनिधिका रुपमा ‘संमृद्ध देश, शान्त र संमृद्ध क्षेत्र’ बनाउने अवसर प्राप्त हुन नसके पनि देशैभरी गठवन्धनको लहरले केन्द्र र प्रदेश सरकारहरु आफ्नै दलको बन्ने देशमा आर्थिक संमृद्धि, स्थायित्व र विकासको अभिभारा वाम गठवन्धनले पूरा गर्ने बताइएको छ । निर्वाचन परिणामबाट आम मतदातालाई निराश नहुन र आफ्नाा पार्टीले शुरु गरेका योजना, आयोजनाहरु निरन्तर अगाडि बढाउने बताएका छन् ।
ुमत विभाजित भन्दापनि मन विभाजित हुदा चिन्तित हुनु परेको हो’, शाहले भनिन्–‘२०७२ भदौंमा भएको टीकापुर घटनाको कारणले मत नभई मन विभाजित भएको रहेछ राजनीतिक अस्थिरताले घटनापछिको परिस्थिति सङ्लो बनाउन सकिएन ।’ उनले सामाजिक सद्भाव कायम गर्न कुनै दल विशेषले मात्र सम्भव नभएकोले सद्भाव कायम गर्नका लागि सबैको सामूहिक पहल हुनुपर्ने बताइन् ।
क्षेत्र नं. १ मा निर्वाचनको परिणाम हेर्दा सामाजिक सद्भावको स्थिति सुमधुर नभएको बताउादै शाहले सामाजिक सद्भाव कायम राख्नका लागि सम्पूर्ण जनसमुदायमा अपील गरिन् । साथै आफ्नो क्षेत्रको स्थिरता विकास र सामाजिक सद्भाव एकता र आपसी विश्वासका लागि आफ्नो भरपुर साथ रहने प्रतिवद्धता जनाइन् ।
क्षेत्र नं. १ मा दल र विचारको मत नआएको बताउादै शाहले देशभित्रकै प्रतिक्रियावादी शक्ति र बिदेशीहरुको क्रिडास्थल बनाउने प्रयास भैरहेको दाबी गरिन् । उनले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै धन्यवाद दिइन् ।