२३ बैशाख २०८१, आईतवार

कैलाली क्षेत्र नं. ५ काे मतगणना शुरू



धनगढी, मंसिर २२

कैलाली क्षेत्र नं. ५ मा पहिलाे पटक सार्वजनिक भएकाे मत परिणाम अनुसार बाम गठनबन्धनले अग्रता लिएकाे छ । बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका केन्द्रीय सदस्य नारदमुनी रानाले प्रतिनिधिसभामा ३०७ मत ल्याएका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार अारजु देउवाले २२४ मत पाएकी छन् ।

प्रतिनिथि तथा प्रदेशसभा निर्वाचन अन्तरगत कैलाली क्षेत्र नं. ५ काे धनगढी उपमहानगरपालिका वडा नं. १९ र कैलारी गाउँपालिका वडा नं. ६ काे मत गणना भइरहेकाे छ ।

केही बेरमा क्षेत्र नं. १ र ३ काे मतगणना शुरू हुने छ । क्षेत्र नं. २ र ४ मा पहाडी क्षेत्र पर्ने भएकाले मत पेटी ल्याउन ढिलाे भएकाे छ । त्यहाँकाे मतपेटी पुग्ने वित्तिकै अाज नै मतगणना पनि शुरू हुने मुख्य निर्वाचन अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार