१० श्रावण २०८१, बिहीबार

सघन शहरी विकास कार्यक्रम : विभिन्न आयोजना शुरु हुँदै



धनगढी । सघन शहरी विकास कार्यक्रमका योजनाहरू धनगढीमा तिहारपछि सञ्चालन हुने भएका छन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अनुसार आयोजनाअन्तर्गत धनगढीका विभिन्न पाँच स्थानमा ५० किलोमिटर सडक निर्माण हुने भएको छ ।
त्यस्तै, धनगढी बसपार्क पुन:निर्माण, फूलबारी बसपार्क स्तरोन्नती र थारू सांस्कृतिक संग्रहालय स्पार्क पुन:निर्माण, फूलवारी बसपार्कको स्तरोन्नती र थारू सांस्कृतिक संग्राहालय निर्माण हुने छ । सघन शहरी विकास आयोजना अन्तर्गत निर्माण हुने संरचनाका लागि डेढ अर्ब रुपैयाँ विनियोजन भएको छ ।
सडक तथा भौतिक संरचना निर्माण प्रक्रिया प्राविधिक कारणले ढिलाई भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका डिभिजन प्रमुख रवीन्द्र बोहराले बताए । ठेक्का सुरु भएलगत्तै तीन महिनाका लागि खोलानालाबाट ढुंगा, बालुवा र गिट्टी संकलन बन्द भएकाले निर्माण कार्य शुरु हुननसकेको उनले बताए ।
आयोजना अन्तर्गत मोहना–राजपुर नौ किलोमिटर रिङरोड, ज्योति इंगलिस स्कुलदेखि उत्तरवेहडीसम्म पाँच सय मिटर रोड, कालिका–आउजी टोल जोड्ने छ सय २० मिटर रोड, वैयावेहडी– शान्तिनगर नौ सय मिटर, कब्रिस्थानको एक दशमलव एक सय ६५ किलोमिटर, शिवनगर–जाली जोड्ने एक सय एक सय ६० मिटर रिङरोड सडक निर्माण हुने डिभिजन प्रमुख बोहराले बताए । पहिलो चरणमा निर्माण पक्ष र शहरी विकास कार्यालयको संयुक्त आयोजनाको सर्वेक्षण गर्ने कार्य भइरहेको उनले बताए ।
तराईका विभिन्न २० वटा नगरपालिकामा सघन शहरी विकास आयोजना अन्तर्गत सडक निर्माण गर्न सरकारले आर्थिक वर्ष २०७३/०७४ मा बजेट विनियोजन गरेको थियो ।

असाेज २४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार