३ आश्विन २०८१, बिहीबार

धनगढी प्रिमियर लिग : सिवाईसी अत्तरीयाको विजयी सुरुवात



धनगढी । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा सीवाईसी अत्तरिया विजयी भएको छ । गत वर्ष भएको धनगढी क्रिकेट लिगको उप विजेता अत्तरीयाले काठमाडौँ गोल्डेन्सलाई ४० रनले पारजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको सीवाईसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनायो ।
सुरुवातमा विकेट गुमाएर दबाब परेको अत्तरीयाका लागि योगेन्द्र कार्कीले सिंह कार्कीले ५७ रनको अर्ध शतकीय पारी खेल । त्यस्तै ज्ञानेन्द्र कुवरले नटआउट ३४, दिलीप नाथले १५, प्रदिप ऐरीले नटआउट १३ तथा रोशन नेपालीले १० रन बनाए । काठमाडौँका सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै मन्जित श्रेष्ठ, आरके पौडेल र सन्तोष भट्टले १/१ विकेट लिए ।
एक सय ४७ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै बनाउन सक्यो । काठमाडौँका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनु बाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । जितका लागि सिवाइसी अत्तरीयाका अविनाश बोहराले चार तथा विनोद लामाले तीन विकेट लिए । अत्तरीयाका अविनाश बोहरा वेल्स क्याफे म्या अफ द म्याच हुँदै नगद १० हजार हात पारे ।
सिवाइसी अत्तरीया ज्ञानेन्द्र मल्ल तथा काठमाडौँ गोल्डेन्स वसन्त रेग्मीको कप्तानीमा खेलिरहेका छन् ।
लिग अन्तर्गतको दोस्रो खेलमा अहिले १ बजेदेखि कञ्चनपुर आईकोनिक र विराटनगर किङस बिच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार