२ जेष्ठ २०८१, बुधबार

धनगढीमा ‘सुटगढी फेशन शो’ (फोटो फिचर)



धनगढी  ।  मोर्डन तयारी पोशाकको आयोजनामा शुक्रबार धनगढीमा ‘सुटगढी फेशन शो–२०७३’ भएको छ ।
धनगढीको ओमप्यालेसमा भएको सो फेशन शोमा सांस्कृतिक, पेशागत र आधुनिक पहिरनहरू प्रस्तुत गरिएको थियो ।
सांस्कृतिक पहिरन अन्तर्गत विभिन्न जातजाति, धार्मिक, विवाह, व्रतबन्ध, अन्नप्रासन, विभिन्न क्षेत्रका समुदायहरूले लगाउने पोशाकको प्रदर्शनी गरिएको थियो । त्यस्तै, पेशागत अन्तर्गत आफ्नो पेशा/व्यवसायमा गर्व र सुरक्षा महसुस गराउने उद्देश्यले निजामती, स्वास्थ्यकर्मी, निर्माण व्यवसायीलगायतले प्रयोग गर्ने पोशाक आकर्षक ढंगले प्रस्तुत गरिएको आयोजक मोर्डन तयारी पोशाक/सुटगढी धनगढीका प्रबन्ध निर्देशक प्रकाशबहादुर दर्जीले बताए ।
मोर्डन तयारी पोशाकको १० औं वार्षिकोत्सवको अवसरमा आयोजना भएको सो फेशन शोमा मोर्डन इन्सिच्युट अफ फेशन डिजाइनका प्रमुख प्रशिक्षक सदीक्षा चौधरी तथा डिजाइनर श्रुती श्रेष्ठले तयार पारेका पहिरन प्रस्तुत भएको थियो ।
छ लाख बढी खर्च भएको शो हेर्नका लागि तीन सय, पाँच सय र एक हजारको टिकट व्यवस्था गरिएको थियो ।
फोटो फिचर

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार