८ बैशाख २०८१, शनिबार

दुई दिनभित्रै रकम फेला पर्‍यो



धनगढी । शुक्रवार नेपाल इन्भेष्टमेन्ट बैङ्कको धनगढी शाखाको एटिएमबाट गायव भएको करिब साढे २३ लाख रुपैयाँ सोमबार फेला परेको छ ।
प्रहरीले बैङ्कको एटिएमबाट गायव पारिएको २३ लाख ४४ हजार रुपैयाँ सहित चोरीमा संलग्न व्यक्तिलाई सोमबार सार्वजनिक गरेको छ ।
बैङ्कको एटिएम लकरबाट रकम गायव पारिएको घटनाबारे तत्काल अनुसन्धान थालेको प्रहरीले बैङ्कका टेलर गोविन्द उपाध्याय र एक जना सुरक्षागार्डलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्द ठकुरीले अनुसन्धान गर्दै जाँदा सोमबार चोरिएको सबै रकम बरामद भएको बताए ।


प्रहरी उपरीक्षक ठकुरीका अनुसार अनुसन्धानका क्रममा टेलर उपाध्यायले २२ लाख ७० हजार रुपैयाँ अत्तरिया नगरपालिका वडा नम्बर १० स्थित लीला जोशीको घरको आँगनमा परालको कुन्यौंभित्र लुकाई राखेको अवस्थामा फेला परेको थियो । त्यस्तै, ७४ हजार रुपैयाँ धनगढी बसपार्कको ओमशान्तिटोलमा रहेको उनको कोठाबाट बरामद भएको थियो ।
प्रहरी उपरीक्षक ठकुरीका अनुसार टेलर उपाध्यायले सुनियोजित ढङ्गले एटिएमबाट रकम निकालेका थिए । उनले एटिएम लकरको दुई वटै पासवर्ड पत्ता लगाएर बैङ्कको सीसीटिभी बन्द गरेर रकम झिकेको बताइएको छ ।

 

थप समाचार

बैङ्कको एटिएमबाट चोरी भएको रकम फेला पर्‍यो

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार