१२ बैशाख २०८१, बुधबार

सेती लोकमार्ग बर्दगोरिया महोत्सव : राष्ट्रपतिबाट उद्घाटन हुने



धनगढी । कैलालीको सडकपुरबौनियामा आयोजना हुने ‘सेती लोकमार्ग बर्दगोरिया धार्मिक पर्यटन महोत्सव–२०७३’ को राष्ट्रपति विद्या देवी भण्डारीले उद्घाटन गर्ने भएकी छिन् ।
‘सेती लोकमार्ग निर्माण कृषि, शिक्षा उद्योग र व्यापार बौनिया बर्दगोरीया धार्मिक क्षेत्रको बिकासको आधार’ भन्ने नारासहित बौनिया बजार व्यवस्थापन समितिले माघ १४ गतेदेखि आयोजना गर्न लागेको छ । बजार व्यवस्थापन समितिका अध्यक्ष सुपक सुनारले महोत्सवको राष्ट्रपति भण्डारीबाट उद्घाटन हुने कार्यक्रम तय भइसकेको बताए ।
सो महोत्सव २०६८ सालदेखि आयोजना हुँदै आएको छ ।
महोत्सवमा एक करोड ५० लाख आर्थिक कारोबार हुने अनुमान गरिएको छ । अध्यक्ष सुनारले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताए ।
महोत्सबमा ठुला उद्योग, चारचक्के सवारी साधन, मझौला उद्योग, साना उद्योग, रेस्टुरा, नर्सरी तथा स्टेशनरी, प्राइभेट औषधालय, बैंक, बिमा कम्पनी, वित्तीय संस्था, विकास बैंक, डेरी तथा आईसक्रिम, पानी पुरी, सहकारी संस्था, सरकारी तथा गैरसरकारी संस्थाका गरी एक सय ५० स्टल रहने स्टल सयोजक अदल चौधरीले जानकारी दिए ।
महोत्सवमा रमाइलो मेला, मगर गाउ, थारु गाउ, कृषी प्रर्दशनी, अस्ट्रिच चरा, उट, चौरी गाई लगायत प्रर्दशनीमा रहने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार