चीनमा “बाँदर राजा प्रतियोगिता” को भव्य उद्घाटन

चियुवान (चीन)/ “चीनको बाँदर पर्वत, चियुवान सांस्कृतिक शोभा” भन्ने नारासहित चीनको चियुवान शहरमा पहिलो राष्ट्रिय महान संस्कृति तथा कला सप्ताह र “बाँदर राजा प्रतियोगिता” को कार्यक्रमको आयोजना गरिएको छ।
सो समारोह ‘लियु स्याओलिङो कार्यशाला’ र ‘चियुवान सांस्कृतिक पर्यटन लगानी समूह’को संयुक्त आयोजनामा भइरहेको हो ।
कार्यक्रमको उद्देश्य परम्परागत चिनियाँ संस्कृति प्रवर्द्धन गर्नुका साथै “हनान हेरौं, चीन बुझौं” अभियानलाई नयाँ ऊर्जासहित अगाडि बढाउनु रहेको आयोजकले बताएका छन्।

बाँदर राजा र नेपाली सम्पर्क उद्घाटन समारोहमा बाँदर नाच, युद्धकला, नाटक, र करिब ३०० जनाको “सुन्दर बाँदर राजा” को सामूहिक प्रदर्शन मुख्य आकर्षण बनेका थिए। समारोहमा चिनियाँ कलाकारहरूका साथै नेपाली कलाकारहरूको सहभागिता समेत रहेको थियो।
सो अवसरमा चिनियाँ बाँदर पर्वत र नेपालको प्रसिद्ध स्वयम्भूनाथ बाँदर मन्दिर बीच सांस्कृतिक सहकार्यको घोषणा गरिएको थियो। आयोजकले बाँदरलाई चिनियाँ धार्मिक–सांस्कृतिक दर्शन “सुन वुकोंग” प्रख्यात रहेको बताए । नेपाली धार्मिक परम्परामा (हनुमान र बाँदर बौद्ध परम्परा) बीच गहिरो आध्यात्मिक सम्बन्ध भएको बताए।
उद्घाटन समारोहमा चीनको बाँदर पर्वत र नेपालको स्वयम्भूनाथ बाँदर मन्दिरबीच विशेष भिडियो संवाद गरिएको थियो। यी दुई स्थल भौगोलिक रूपमा हजारौं माइल टाढा भए तापनि “वानर” को आध्यात्मिक प्रतीकले दुई देशबीच गहिरो सांस्कृतिक सम्बन्धको प्रतिनिधित्व गरेको छ।
नेपाली राजदूतहरूको अभिव्यक्ति समारोहमा सहभागी नेपाली पूर्व–राजदूत तथा विशिष्ट व्यक्तिहरूले सांस्कृतिक सम्बन्धलाई गहिर्याउन गरिएको प्रयासको सराहना गरेका छन्।
चीनका लागि पूर्व नेपाली राजदूत राजदूत लिलामणी पौडेलले “नेपाल–चीन सम्बन्धको आरम्भ नै सांस्कृतिक रहनसहनबाट भएको बताए । उनले भने बुद्ध, बोधिसत्व, र मञ्जुश्री जस्ता पात्रहरूले यो सम्बन्धलाई ऐतिहासिक गहिराइ दिएका छन्।”
चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले “मञ्जुश्री बोधिसत्वको उवाइ पर्वबाट नेपाल भ्रमण गर्ने कथा र लासानस्थित वङ हवेनसाङका ऐतिहासिक भ्रमणहरूले चीन–नेपाल सम्बन्धको गहिराइ दर्शाउने बताउदै लियु स्याओलिङोको अभिनयले सुन वुकोंगुलाई जीवन्त बनाएको छ र जनस्तरमा मित्रतालाई अझ बलियो बनाएको बताए।”
चीनका लागि अर्का पूर्व नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले भने “सुन वुकोंग नेपाली युवाबीच पनि लोकप्रिय पात्र बनेका छन्। यस्ता कार्यक्रमले जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउछ उनको भनाइ छ।”
धुलिखेल नगरपालिकाका प्रथम उपप्रमुख तथा नेपाल–चीन सम्बन्ध समितिका सदस्य “ सुवासकाजी श्रेष्ठले बाँदरले मानव, प्रकृति र आध्यात्मिकताको सन्देश दिने बताउदै लियु स्याओलिङोले कलामार्फत दुवै देशको जनतालाई नजिक ल्याएका छन्।”
सांस्कृतिक आदानप्रदानको नयाँ आयाम कार्यक्रममा “पश्चिम यात्रा सांस्कृतिक आदानप्रदान केन्द्र” को पनि उद्घाटन गरियो। लियु स्याओलिङो स्वयं “सुन वुकोंग” को पोशाकमा ३०० जना बाँदर राजासँगै सामूहिक सांस्कृतिक प्रस्तुतीमा सहभागी भएर विश्व कीर्तिमानको प्रयास गरेका थिए।
शनिबार शुरु भएको महान् पौराणिक सांस्कृतिक कला महोत्सव आगामी सेप्टेम्बर २७ सम्म चल्नेछ। यस अवधिमा लोककला, प्रदर्शनी, अन्तर्राष्ट्रिय संवाद, सांस्कृतिक–पर्यटन प्रवर्द्धन तथा विद्यालयस्तरीय कार्यक्रमहरू संचालन हुनेछन्।
यसले चियुवान शहरलाई सांस्कृतिक नवप्रवर्तन र अन्तर्राष्ट्रिय आदानप्रदानको केन्द्रको रूपमा पुनः स्थापित गरेको आयोजकको भनाइ छ।





