बाजुराको बुढीगंगामा मतदान शुरु
धनगढी / बाजुराको बूढीगंगामा स्थानीय तहको चुनाव शुरु भएको छ ।
वैशाख ३० गते भएको मतदानको मत गणना हुन नसकेपछि आज फेरि चुनाव भएको हो ।
बूढीगंगाका १० वटै वडामा अहिलेसम्म शान्तिपूर्णरुपमा चुनाव भइरहेको छ । अघिल्लो चुनावमा वडानम्बर २, ३, ५, ९ र १० मा एमाले र ४ र ७ मा काँग्रेसले बुथ कव्जा गरेको आरोप लागेको थियो । वडा नम्बर १० मा भने केही समय मात्र बुथ कव्जा भएको थियो ।
सो पालिकामा १२ हजार ६५९ मतदाता छन् । सो पालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ र काँग्रेसबाट रंग खाती उम्मेदवार छन् । एमालेका बानियाँ ०७४ मा पनि झिनो मतले पराजीत भएका थिए । बाँनिया राजनीतिक कार्यकर्ता हुन भने खाती शिक्षकबाट रिटायर भएर राजनीतिमा आएका हुन ।