१८ बैशाख २०८१, मंगलवार

निजामति कर्मचारीको मुलुक निर्माणमा ठूलो भूमिका छ : भट्ट




धनगढी / नेकपा (एमाले) का केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मुलुक निर्माणमा निजामति कर्मचारीहरुको ठूलो योगदान रहने भएकोले अझ जिम्मेवार भएर लाग्नु पर्ने बताएका छन् ।

नेपाल निजामति कर्मचारी संगठनको सुदूरपश्चिम प्रदेश स्तरिय अधिवेशनको उद्घाटन गर्दे पूर्वमन्त्री समेत रहेका भट्टले मुलुक र समाज राम्रो बनाउन कर्मचारीहरु एकतावद्ध भएर लाग्नु पर्ने पनि बताए ।

उनले अहिलेको अवस्थामा कर्मचारी संगठन आफैमा एकताबद्ध भएर अलमलमा परेकालाई समेटेर लैजान पनि आग्रह गरे । उनले विधि प्रक्रियाबाट चलाएर संगठनलाई मजबूत बनाउन पनि आग्रह गरे ।

आफूले अवसर पाउदा ठिक नपाउदा गलत भन्ने चिन्तन हटाउन पनि सबैले ध्यान दिनु पर्नेमा समेत उनको जोड थियो ।

सो संगठनका प्रदेश इन्चार्ज प्रकाश खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सो संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामति कर्मचारी संगठन आधिकारिक यूनियनका पूर्व अध्यक्ष पुण्यप्रसाद ढकाल लगायतले बोलका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार