प्रधानमन्त्री देउवाकै भोट काम नलागेपछि….

धनगढी / डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस विपीले नेपाली कांग्रेसलाई पराजित गरेको छ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले समेत मतदान गरेको सो वडामा कांग्रेस विपीका नरेश भण्डारी विजयी भएका हुन । भण्डारीले १२९ मतले कांग्रेसका उम्मेदवारलाई पराजित गरे ।
करुवा चुनाव चिन्हका कांग्रेस विपीका भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन्।
कांग्रेसबाट निस्कासित कर्ण मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। डडेल्धुरामा करुवा र नेकपा (एमाले) बीच चुनावी तालमेलसमेत रहेको छ।





