प्रधानमन्त्री देउवाकै अगाडि मन्त्री सोडारीले भने गठवन्धन पानी पोखरी जस्तो नहोस (भिडियो सहित)

धनगढी / नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले गठवन्धनलाई पानी पोखरी वन्न नदिन सचेत हुनु पर्नेमा जोड दिएका छन् ।
धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवा समेत उपस्थित रहेको सत्ता गठबन्धनको चुनावी सभामा बोल्दै एउटा उखान सुनाउदै उनले भने पहिले दुध पोखरी बनाउने भनेर दुध मागियो तर अर्कोले दुध ल्याउला भनेर सबैले पानी ल्याए पछि दुध पोखरी होइन पानी पोखरी बन्यो । त्यसैले हामीले गठवन्धनलाई पानी पोखरी होइन दुध पोखरी नै बनाउने गरेर लाग्नुपर्छ ।
उनले चुनावी तालमेलमा नेपाली काँग्रेस इमान्दार हुनुपर्ने पनि बताए । उनले भने काँग्रेसका सबै कार्यकर्ता गठबन्धनका पक्षमा इमान्दारीता पूर्वक लाग्ने हो भने जीत सुनिश्चित छ ।’
काँग्रेस फराकिलो भएर गठबन्धनको पक्षमा लाग्दा सुदूरपश्चिमा ओलीको एमालेका उम्मेदवार बडारिने दावी पनि नेता सोडारीको थियो ।
एमाले बडार्नका लागि एकीकृत समाजवादी होस्टेमा हैँसे गर्न तयार रहेको उनको बताए । गठबन्धनमा केही ठाउँमा कुरा मिल्न नसकेको भन्दै संयोजनकर्ताका हैसियतले काँग्रेसले विशेष पहल लिनु पर्ने पनि उनले बताए ।
उनले धनगढी उपमहानगरपालिका गठबन्धनका साझा उम्मेदवार नृप वड र उपमेयर शान्ति अधिकारीको टिमको जीत सुनिश्चित रहेको दावी पनि गरे ।






