विकासका लागि आफूलाई छान्न वडको आग्रह
गठगठबन्धनलाई मतदान नगरे भोली पश्चताप हुनेछ : अधिकारी

धनगढी / धनगढी उपमहानगरपालिकाको समस्या समाधान र विकास गर्नका लागि पुनः नगर प्रमुखमा दोहोर्याउन नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नगर प्रमुखका उम्मेदवार नृपबहादुर वडले नगरबासीसंग आग्रह गरेका छन ।
पाँच वर्ष नगर प्रमुखका जिम्मेवारी सम्हाल्दा आफुले नगरका हरेक टोल, वस्तीका समस्या राम्रोसंग बुझेकाले अधुरा रहेका काम पुरा गर्न पुनः नगर प्रमुखमा दोहोर्याउन उनले आग्रह गरेका हुन ।
‘म नगर प्रमुख भएर आउँदा शुरुका वर्ष कर्मचारी र कानुन अभावले काम गर्न समस्या भयो । हावाहुरीका छ हजार बस्तीको व्यवस्थापन गर्न, जनतालाई कोभिड संक्रमण तथा जोखिमबाट सुरक्षित राख्न लगायतका कारण नगरका केही योजना पुरा हुन सकेका छैनन’ शुक्रबार धनगढी वडा नम्बर ८ स्थित आयोजित सयूक्त गठबन्धनको वडा स्तरिय चुनावी भेलालाई सम्बोधन गर्दै उनले भने –म हरेक टोल, वस्ती र नगरबासीसंग घुलमिल छु ।
सबैका समस्या मैले राम्रोसंग बुझेको छु । केही अधुरा योजना पुरा गर्न र नयाँ कार्यक्रम ल्याएर धनगढीको मुहार फेर्न मलाई पुनः नगर प्रमुखमा विजयी गराउनुहोस । उनले नयाँ व्यक्ति निर्वाचित भए नगरका समस्याबारे बुझ्ननै तीन वर्ष लाग्ने बताउदै –नयाँ कार्यक्रमहरुले पनि पुर्णता पाउँदैन । पुराना योजना पनि अधुरै रहनेछन ।
उनले नगरको डुवान समस्या, पर्यापर्यटनको विकास, मुख्य सडक कालोपत्रे लगायतका अधुरा कामलाई अबको कार्यकालमा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वडले पाँच वर्षमा नगरलाई उत्कृष्ट बनाउनुनै आफनो सबैभन्दा ठूलो उपलब्धी रहेको बताए । उनले नगरमा विकासका थुप्रै काम भएको बताउँदै अहिले उपमहानगरपालिकाका हरेक वडामा सडक कालोपत्रे, स्वास्थ्य संस्था रहेका छन । १६ वटा वडामा खानेपानीका आयोजना बनेका छन । तर, जनतामा केही व्यक्तिहरु भ्रम फैलाइरहेका छन ।
उनले वाध्यात्मक अवस्थामा चुनावी गठबन्धन गरिएको बताए । उनले गठबन्धनलाईनै साथमा लगेर निर्वाचनमा विजयी गराउनुपर्ने बताए ।
गठबन्धनलाइ मतदान नगरे भोली पश्चताप हुन्छ : अधिकारी
नेकपा माओवादी केन्द्रकी उपप्रमुखकी उम्मेदवार शान्ती अधिकारीले गठबन्धनलाइ मतदान नगरी भोली आफै पश्चताप पर्नुपर्ने गतिविधी नगर्न आग्रह गरिन ।
नगरका वडाहरुमा के कस्ता काम गर्नुपर्छ भन्ने बुझेकी भएकोले उपप्रमुख पदका लागि उपयूक्त रहेको उनले बताईन ।
नेपाली काँग्रेसका जिल्ला सभापति भट्टले गठबन्धनमा कसैलाई धोका नहुने बताए । उनले गठबन्धनका विरुद्ध कसैलाइ नबोल्न पनि बताए ।
नेकपा माओवादी केन्द्रका नेता निर्मल शाहले धनगढीमा पाँच वर्षमा हरेक वडामा सडक कालोपत्रे, १६ वटा वडामा खानेपानी, हरेक वडामा स्वास्थ्य संस्थाको स्थापना लगायतका विकासमा थुप्रै काम भएको बताए ।





