२८ मंसिर २०८२, आईतवार

लम्कीचुहामा को होला मेयरको आधिकारिक उम्मेदवार



लम्की / कैलालीको लम्कीचुहा नगरपालिकामा सत्तारुढ गठबन्धनमै अविश्वास बढेको छ । गठवन्धनले नेपाली मेयरमा काँग्रेसको उम्मेदवार उठाउने सहमति गरेकोमा काँग्रेसबाटै दुईजनाको उम्मेदवारी परेको छ ।

काँग्रेसमा विवाद देखिएपछि माओवादीबाट पनि दुई उम्मेदवार उठेका छन् । काँग्रेस र माओवादीले पनि उम्मेदवारी दिएपछि सो पालिकमा गठवन्धनैक अर्को दल एकीकृत समाजवादीले पनि उम्मेदवारी दिएको छ ।

लम्की चुँहामा सहमति विपरित गठवन्धनबाटै पाँच जनाको उम्मेदवारी दर्ता भएको छ। प्रमुख निर्वाचन अधिकृत हिरालाल चौधरीले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट दुई / दुई जना र नेकपा एकीकृत समाजवादीबाट एक जनाले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको पुष्टी गरे ।

मेयर पदका लागि काँग्रेसका तर्फबाट भक्तबहादुर थापा र सुशीला शाही, माओवादी केन्द्रबाट लोकराज ढकाल र धिरेन्द्र रावलको उम्मेदवारी परेको छ ।

काँग्रेसका थापा र शाहीले पार्टी प्रदेश र केन्द्रका अलगअलग पत्रका आधारमा उम्मेदवारी दर्ता गराएका हुन । शाहीलाई  सभापति शेरबहादुर देउवाको र थापालाई प्रदेश सभापति वीरबहादुर बलायरको सिफारिस छ ।

निर्वाचन अधिकृत चौधरीले आधिकारिकताको प्रमाण पेश जसले गर्छ उसैलाई आधिकारिता दिइने छ ।

नेकपा एकीकृत समाजवादीका बखतबहादुर विष्टले समेत मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनी साविक बलिया गाविसका पूर्वअध्यक्ष समेत हुन्।

नेकपा (एमाले) ले भने मेयर महादेव बजगाई नै फेरि उम्मेदवार बनाएको छ।

लम्कीचुहामा दल र सवतन्त्र गरेर मेयरमा १७ र उपमेयरमा ११ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्ता गराएका आकांक्षीहरुले वैशाख १६ गतेसम्म उम्मेदवारी फिर्ता गराउन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार