४ पुष २०८२, शुक्रबार

घोडाघोडी नगरपालिकाका उम्मेदवार यी हुन



सुख्खड / घोडाघोडी नगरपालिकामा सत्तारुढ गठवन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारवीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ ।

सोमबार नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठवन्धनबाट मेयरमा समाजवादीका खडगबहादुर रावत र एमालेबाट ममताप्रसाद चोधरी उम्मेदवार बनेका छन् ।

घोडाघोडीमा राप्रपाबाट निरज मल्लले समेत उम्मेदवारी दिएका छन् । मल्लले समेत राम्रो मत पाउने अपेक्षा गरिएको छ ।

उपमेयर पदमा पनि गठवन्धनबाट कांग्रेसका रिता चौधरीको एमालेका करुणा वमवीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

रिताका विरुद्ध काँग्रेसकै गुलिया चौधरीले उम्मेदवारी दिएकी छन् । गुलियाको उम्मेदवारी फिर्ता भएन भने रितालाई पनि अप्ठेरो पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार