कैलालीका सत्तारुढ दलवीच सहमति : काँग्रेस सात, माओवादी चार र एकीकृत समाजवादी दुई तहको नेतृत्व लिने
धनगढी / कैलालीका सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मेयर नेकपा (एकीकृत समाजवादी) वीच लामो समय प्रयासपछि सोमबार राति सहमति भएको छ ।
सहमति अनुसार कैलालीका १३ पालिकामध्ये नेपाली काँग्रेसले सातवटा, माओवादीले चार र एकीकृत समाजवादीले दुई पालिकाको नेतृत्व लिने भएका छन् ।
यस्तै काँग्रेसले पाँचवटा र माओवादी सात र एकीकृत समाजवादीले एक पालिकाको उपप्रमुखमा उम्मेदवारी दिन पाउने भएका छन् ।
काँग्रेसले महत्वपूर्ण पालिकाहरु धनगढी, गोदावरी, लम्कीचुँहा र टीकापुरको नेतृत्व पाएको छ भने माओवादीले गौरीगंगा र भजनीको नेतृत्व गर्ने भएको छ । यस्तै समाजवादीले एकमात्र नगरपालिका घोडाघोडी पाएको छ ।
छ वटा गाउँपालिकामा पनि काँग्रेसले जानकी, वर्दगोरिया र जोशीपुर गरेर तीन, माओवादीले कैलारी र मोहन्याल गरेर दुई र समाजवादीले चुरेको नेतृत्व पाएको छ ।
धनगढी उपमहानगरपालिका
मेयर नेपाली काँग्रेस, उपमेयर नेकपा (माओवादी केन्द्र)
गौरीगंगा नगरपालिका
मेयर नेकपा (माओवादी केन्द्र) , उपमेयर नेपाली काँग्रेस
घोडाघोडी नगरपालिका
मेयर नेकपा (एकीकृत समाजवादी), उपमेयर नेपाली काँग्रेस
टीकापुर नगरपालिका
मेयर नेपाली काँग्रेस, उपमेयर नेकपा (माओवादी केन्द्र)
लम्कीचुँहा नगरपालिका
मेयर नेपाली काँग्रेस, उपमेयर नेकपा (माओवादी केन्द्र)
गोदावरी नगरपालिका
मेयर नेपाली काँग्रेस, उपमेयर नेकपा (एकीकृत समाजवादी)
भजनी नगरपालिका
मेयर नेकपा (माओवादी केन्द्र), उपमेयर नेपाली काँग्रेस
जानकी गाउँपालिका
अध्यक्ष नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा (माओवादी केन्द्र)
जोशीपुर गाउँपालिका
अध्यक्ष नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा (माओवादी केन्द्र)
कैलारी गाउँपालिका
अध्यक्ष नेकपा (माओवादी केन्द्र), उपाध्यक्ष नेपाली काँग्रेस
बर्दगोरिया गाउँपालिका
अध्यक्ष नेपाली काँग्रेस ,उपाध्यक्ष नेकपा (माओवादी केन्द्र)
मोहन्याल गाउँपालिका
अध्यक्ष नेकपा (माओवादी केन्द्र), उपाध्यक्ष नेपाली काँग्रेस
चुरे गाउँपालिका
अध्यक्ष नेकपा (एकीकृत समाजवादी), उपाध्यक्ष नेपाली काँग्रेस






